अमेरिकामा नोभेम्बरमा हुने चुनावकै दिन आक्रमण गर्ने योजना बनाउने एक अफगान नागरिक पक्राउ

इनेप्लिज २०८१ असोज २३ गते १२:२६ मा प्रकाशित

अमेरिकामा आगामी नोभेम्बर ५ मंगलबारका दिन हुने चुनावकै दिन आक्रमण गर्ने योजना बनाउने एक अफगान नागरिकलाई पक्राउ गरिएको छ ।

एफबीआईले कथित आईएसआइएसद्वारा प्रेरित अफगान नागरिकले चुनावको दिन आतंककारी षड्यन्त्रको योजनालाई विफल पारेको छ ।

एफबीआईले २७ बर्षिय नासिर अहमद तवेदी नामका अफगान नागरिकलाई चुनावको दिनलाई लक्षित गरी आक्रमणको तयारीको अन्तिम चरणमा रहेको जनाएको छ । अभियोजकहरूका अनुसार सन्दिग्ध तावेदी ओक्लाहोमा शहरमा बसोबास गर्ने अफगानिस्तानका नागरिक हुन् ।

न्याय विभागले गत मंगलबार पक्राउ गरेको घोषणा गर्दै उनलाई आतंकवादी समूह आईएसआईएसको तर्फबाट चुनावको दिनमा अमेरिकीहरूलाई मार्ने योजना बनाएको आरोप लगाएको छ ।

२७ वर्षीय नासिर तावेदीले आक्रमण गर्ने आफ्नो कथित योजनालाई अगाडि बढाउन अर्धस्वचालित हतियार र गोलाबारुद किन्न खोजेको र आफ्नो परिवारको सम्पत्ति खारेज गर्ने र परिवारका सदस्यहरूलाई विदेशमा बस्ने तयारीसमेत गरेको आरोप छ।

उजुरीका अनुसार तावेदी सेप्टेम्बर २०२१ मा विशेष आप्रवासी प्रवेशाज्ञा (भिसा)मा अमेरिका प्रवेश गरेका थिए। एफबीआई अन्वेषकहरूका अनुसार उनीहरुले तवेदीसँग सम्बन्धित उपकरणहरूबाट तस्बिरहरू, प्रकाशनहरू र सन्देश (टेक्स्ट )हरू प्राप्त गरेका थिए ।

साथै उनीहरूले उनको वित्तीय गतिविधि पनि पत्ता लगाएका थिए जस्मा उनले एक परोपकारी संस्थालाई दान गरेका थिए । जसले आईएसआईएसलाई पैसा दिने गरेको एबिसीन्यूजले जनाएको छ ।

उजुरीमा तावेदीले टेलिग्राममा पठाएको धेरै सन्देशहरू उद्धृत गरिएको छ जसमा उसले आक्रमण गर्न एके-४७ राइफलहरू प्राप्त गर्ने कुरा गरेका थिए ।

अन्य सन्देश(म्यासेज)हरूमा तावेदीले कसरी आफ्नो घर १ लाख ८५ हजार डलरमा बेचेका थिए र आफ्नो योजनाबद्ध आक्रमणको महिनाहरूमा आफ्नो परिवारलाई स्थानान्तरण गर्ने योजनाहरू बनाएका थिए।

अन्वेषकहरूले उनको गुगल खोजहरू पत्ता लगाएका थिए । एफबीआईका लागि धेरै गोप्य स्रोतहरूले पछि तावेदीसँग सम्पर्क गरेका थिए । साथै उनले आक्रमणमा प्रयोग गर्ने योजना बनाएका दुई एके-४७ प्राप्त गर्ने सम्झौताको बारेमा छलफल गर्न उनीसँग भेटघाट अभिलेखन (रेकर्ड)गरेका थिए ।

तावेदीले “वाशिंगटन डिसी चित्रग्राहिणी (क्यामेरा)हरू कसरी पहुँच गर्ने” र “कुन अमेरिकी राज्यमा बन्दुक लिनको लागि सम्बन्ध आवश्यक पर्दैन?” जस्ता प्रश्नहरु गुगलमा खोज गरेका थिए ।

उनी र उनका सह-षड्यन्त्रकारीलाई सोमबार पक्राउ गरिएको छ ।

प्रतिक्रिया