मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदिप ज्ञवालीले सपथग्रहण गरेका छन् । गत शुक्रवार उनलाई वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ)ले ज्ञवालीलाई सपथग्रहण गराएका थिए ।
वाग्मती प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उपकुलपतिमा ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरे पछि उनले सपथ ग्रहण गरेका हुन् । उक्त कार्यक्रममा वाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री, मन्त्री, सचिवहरू लगायतको उपस्थिति रहेको थियो ।
उपकुलपतिमा सपथग्रहण सॅगै डा . ज्ञवालीले पन्जिकाध्यक्ष(रजिष्ट्रार )र संयोजकको समेत नियुक्त गरेका छन्। उपकुलपतिले पन्जिकाध्यक्ष(रजिस्ट्रार) गुरागाई र संयोजक चुडाललाई पनि सपथ गराएका थिए ।
इनेप्लिज परिवारको तर्फवाट डा ज्ञवालीलाई हार्दिक बधाई शुभकामना!
प्रतिक्रिया