हेटीमा गिरोहद्वारा कम्तिमा ७० जनाको हत्या ,६,००० भन्दा ज्यादा भागे

इनेप्लिज २०८१ असोज १९ गते १२:४१ मा प्रकाशित

हेटीको मुख्य रोटीबास्केट क्षेत्रको एउटा शहरमा स्वचालित राइफल बन्दुकहरू बोक्ने गिरोहका सदस्यहरूले कम्तिमा ७० को हत्या गरे पछि ६,००० भन्दा बढीलाई भाग्न बाध्य पारेका छन् ।

पश्चिमी हेटीको आर्टिबोनाइटको कृषि क्षेत्रको पोन्ट-सोन्डेमा गत बिहीबार बिहान भएको हमलामा थप व्यक्तिहरू गम्भीर घाइते भएका छन्। ग्रान ग्रिफ गिरोहका नेता लक्सन एलानले नरसंहारको जिम्मेवारी लिएको एनबिसीन्यूजले जनाएको छ ।

आक्रमणका कारण करिब ६ हजार २ सय ७० जनाले आफ्नो घर छाडेर भागेको संयुक्त राष्ट्रको आप्रवासन निकायले जनाएको छ। यी मध्ये अधिकांश नजिकैको सेन्ट-मार्क र अन्य शहरहरूमा बस्ने परिवारहरूद्वारा आश्रय लिइरहेका छन्। त्यस्तै अरूहरू अस्थायी शिविरहरूमा बसिरहेका छन्।

गिरोहका सदस्यहरूले दर्जनौं घर र सवारीसाधनमा आगजनी गरेको स्थानीय अधिकारीहरूले बताए । क्यारिबियन राष्ट्रमा हालैका वर्षहरूमा सबैभन्दा घातक आक्रमणहरू मध्ये एक हो ।

“सुरक्षाविहीन महिला, पुरुष र बालबालिकाहरू विरुद्धको यो घिनलाग्दो अपराध पीडितहरू विरुद्ध मात्र होइन तर सम्पूर्ण हेटी राष्ट्र विरुद्धको आक्रमण हो,” प्रधानमन्त्री ग्यारी कोनिलले सामाजिक संजाल मार्फत बताए ।

प्रतिक्रिया