सामाजिक संजाल मेटाका प्रमुख कार्यकारी अधिकारी(सीईओ )मार्क जकरबर्ग बिश्वकै दोस्रो धनी व्यक्ति भएका छन् । उनले जेफ बेजोस र बर्नार्ड अर्नाल्टलाई पछि पर्दै संसारकै दोश्रो धनाढ्य व्यक्ति भएको सिएनएनले जनाएको छ ।
ब्लुमबर्गको बिलियनियर इन्डेक्सको भर्खरैको तथ्याङ्क अनुसार २०६ बिलियनको कूल सम्पत्ती सहित अब उनी इलन मस्क भन्दा मात्र तल छन् ।
ब्लुमबर्गको बिलियनियर इन्डेक्सको हालैको तथ्याङ्क अनुसार जुकरबर्गले २०२४ मा आफ्नो व्यक्तिगत सम्पत्ति ७८.१ बिलियन डलरले बढाएका छन् । उनी दुई सय बिलियन डलरको क्लबमा सामेल भएका छन् ।
यसमा टेस्ला र एक्सका सीईओ मस्क (२५६ बिलियन), एमाजोनका संस्थापक बेजोस (२०५ बिलियन) रहेका छन् । त्यस्तै एलभिएमएचका प्रमुख अर्नाल्ट हालै १९३ बिलियन डलरको सम्पत्ति भएका उनि क्लबबाट बाहिरिएका छन् ।
सन् २००४ मा सामाजिक संजाल फेसबुक सुरु गर्ने ४० वर्षीय जकरबर्गको धेरै सम्पत्ति मेटा प्लेटफर्म(मंच)को स्टक(मौज्दात)सँग जोडिएको छ। मेटाको शेयरहरू २०२४ मा ७२ % भन्दा बढि बढेको छ। शुक्रबार मेटाका शेयरहरू २.२६ बढेर ५९५.९४ को उच्चमा बन्द भएको छ ।
मेटाले लोकप्रिय सामाजिक संजाल फेसबुक, इन्स्टाग्राम ,थ्रेड र व्हाट्सएप सञ्चालन गर्दछ।
प्रतिक्रिया