यमनका बिद्रोही समूह हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन् ।
यमनको हुथी लडाकु समूहले दाबीलाई समर्थन गर्ने प्रमाण नदिई बुधबार इजरायलतर्फ तीनवटा पोतभार क्षेप्यास्त्र( क्रुज मिसाइल )प्रहार गरेको बताएको छ।
गत वर्ष गाजामा युद्ध सुरु भएदेखि इजरायल र यसका सहयोगीहरूमाथि आक्रमण गर्ने इरानको नेतृत्वमा रहेको गठबन्धनको हिस्सा हुथीहरूले तीनवटा कुड्स ५ वटा पोतभार क्षेप्यास्त्र(क्रुज मिसाइल) प्रहार गरेको बताए।
इजरायली सेनाका प्रवक्ताले सीएनएनलाई यमनबाट सुरु गरिएको कुनै पनि आक्रमणको बारेमा जानकारी नभएको बताए।
नोभेम्बरदेखि लाल सागर र बाब अल-मन्डबको जलडमरूमा व्यावसायिक जहाजहरूमा आक्रमण गरिरहेका हुथीहरूले गाजामा युद्धविराम नभएसम्म आफूहरू नरोक्ने बताएका छन्।
बिद्रोही समूहले बुधबार संयुक्त राज्य अमेरिका र बेलायतलाई चेतावनी दिदै इजरायललाई उनीहरूको समर्थनले यस क्षेत्रमा उनीहरूको हितलाई आक्रमणको जोखिममा जारी राख्ने बताएको छ ।
प्रतिक्रिया