इरानमा सशस्त्र डकैतीमा प्रहरी अधिकारीको हत्या गरेको आरोपमा २ जनालाई सार्वजनिक रुपमा मृत्युदण्ड दिइएको छ ।
इरानी अधिकारीहरूले सोमबार मध्य इरानमा सशस्त्र डकैतीको क्रममा एक प्रहरी अधिकारीको हत्या गरेको आरोपमा दुई व्यक्तिलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ।
स्थानीय अभियोजकलाई उद्धृत गर्दै न्यायपालिकाको मिजान अनलाइन( विधुतिय पत्रिका)को मध्य मर्काजी प्रान्तको खोमेन सहरमा “आज बिहान दुई सशस्त्रधारीहरु भन्दै मृत्युदण्डको सजाय सुनाएको छ।”
प्रतिवेदन अनुसार सोमबार बिहान सार्वजनिक रूपमा सजाय सुनाइएको थियो।
दुई अभियुक्तहरूले करिब चार वर्षअघि कानून प्रवर्तन( प्रहरीहरु) सॅग झडपपछि भाग्ने प्रयास गर्दा एक प्रहरी अधिकारीलाई गोली हानेर मारेका थिए, मिजानले समाचार लेखेको छ।
एम्नेस्टी इन्टरनेशनल लगायत अन्य अधिकार समूहका अनुसार चीनपछि इरानमा वार्षिक रूपमा सबैभन्दा बढी मृत्युदण्ड दिइन्छ।
मृत्युदण्डको संख्या २०२३ मा सन् २०१५ यताकै उच्च अभिलेख भएको र सन् २०२२ बाट ४८% र २०२१ बाट १७२% वृद्धि भएको एम्नेस्टीले जनाएको छ।
ह्युमन राइट्स वाचका अनुसार इरानले गत महिना एकै दिनमा २९ जनासहित कम्तीमा ८७ जनालाई मृत्युदण्ड दिएको थियो।
प्रतिक्रिया