अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना हुने दशैं तिहार महोत्सव २०२४ को तयारी भब्य रुपमा भै रहेको आयोजकले ईनेप्लिजलाई बताए । यस बर्ष पनि थुप्रै कलाकारहरुको प्रस्तुति रहेको छ ।
नेपालका ख्याती प्राप्त र ब्यस्त कलाकार प्रमोद खरेलको उपस्थिति र प्रस्तुती हुने भएको छ । साथै निमा रुम्बा तथा हाल अमेरिकाको भ्रमणमा रहेकी मिलन नेवारको समेतले प्रस्तुति रहने छ ।
साथै मध्यान्ह देखि सुरु हुने कार्यक्रम भएकोले विभिन्न मुख्य कलाकारको साथै स्थानीय म्युजिक ब्याण्ड(संगीत मण्डली)तथा स्थानीय कलाकारको गीत तथा नृत्यहरुको समेत प्रस्तुति गरिने छ ।
गत बर्ष अपार सफलताको साथ सम्पन्न भएको महोत्सव यस बर्ष आगामी अक्टोबर ५ शनिबारका दिन हुनेछ । डिटी फेस्टिभल अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, र समुदायको सबैभन्दा ठूलो उत्सवको रुपमा मनाइने तयारी गरिने भएको छ ।
यो बर्ष समेत यो महोत्सव तेश्रो संस्करण हो । यस बर्ष पनि उक्त महोत्सव प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स मनासस आयोजना हुनेछ। गत बर्ष ४,५०० जना मानिसहरुको प्रभावकारी उपस्थिति रहेको थियो भने २०२४ मा पनि अहिलेसम्मकै सबैभन्दा ठूलो र सबैभन्दा सम्झनलायक नेपाली भेला बनाउने आयोजकले संकल्प गरेका छन् ।
डिटीफेस्ट २०२४ अर्थात् दशैं तिहार महोत्सव २०२४ नेपाली संस्कृति, कला, संगीत, खाना, र हस्तकलाको जीवन्त उत्सव हो। गत बर्ष पनि सफलतापूर्वक दशैँ तिहार मेला सम्पन्न गर्न सफल भएको आयोजक ३-ई इन्टरटेन्टमेन्ट रहेको छ ।
यस बर्ष महोत्सवमा रंगीन चङ्गा महोत्सव, प्रेरणादायी कला प्रदर्शनीहरू, विभिन्न विक्रेताहरूबाट परम्परागत नेपाली भोजनका परिकार , हस्तकला, कपडा बिक्रि वितरण लगायत बिगत झैँ नेपालका प्रसिद्ध कलाकारहरूको प्रस्तुती रहने छ ।
कार्यक्रमको बिस्तृत जानकारी यस प्रकार छ :
मिति: ५ अक्टोबर २०२४
समय: दिउँसो १२ बजे देखि राति १० बजे सम्म
स्थान: प्रिन्स विलियम काउन्टी फेयरग्राउन्ड्स, 10624 डमफ्रिज रोड, मनासस, VA 20112
थप जानकारीको लागि आधिकारिक वेबसाइट www.dtfest.comमा थिच्नु होला ।
प्रतिक्रिया