अमेरिकाको टेक्सस राज्यको फ्लावर माउन्ड शहरमा नेपाली मूलकाले एक अद्वितीय तथा उत्कृष्ट चमेनागृह खोलेका छन् । संचालक नेपालीले एक पटक भ्रमण गर्न सवै नेपाली समुदायमा आग्रह गरेका छन् ।
टेक्सस राज्यको डेनटन तथा ट्यारेन्ट काउन्टीमा अवस्थित फ्लावर माउन्ड शहर ड्यालसको उत्तरपश्चिम तथा फोर्ट वर्थको उत्तरपूर्वमा पर्दछ । उक्त नयाँ चमेना गृह अर्थात् रेस्टुरेन्ट नयाँ व्यस्थापनले लिएको हो ।
यसमा नेपाली परिकारका खानेकुराहरु भन्दा अमेरिकी तथा कोरिया (अमेरिकन तथा कोरियन फ्युजन ) का परिकारहरु उपलब्ध रहेका छन् ।
साथै हालसालै खोलिएको उक्त चमेनागृह रक पेपर फायरमा ग्राहकहरुलाई मनोरंजनको लागि खेलकुदहरुमा अभिरुचि हुनेहरुका लागि केही खेलहरुका सुबिधाहरु उपलब्ध रहेका छन् । साथै खादै खेलकुद कार्यक्रम हेर्न सकिने छ भने ग्राहकहरुको सेवाको लागि भित्र र बाहिर( इन्डोर र आउटडोर) दुवै स्थानमा बस्न सक्ने व्यवस्था पनि गरिएको छ ।
अघिल्लो गत हप्ता शुक्रबारदेखि संचालनमा आएको रक पेपर फायर नामक चमेनागृहका संचालकद्वय नेपाली मूलकी तथा सूचना प्रविधिमा कार्यरत निहारिका बिष्ट तथा भारतीय मूलका धैर्य शाह (डान शाह )हुन् ।
दुवै जना सूचना प्रविधि(आईटी) क्षेत्रमा कार्यरत छन् ।
प्रतिक्रिया