इजरायली सेनाको आक्रमणमा हेजबुल्लाह नेता हसन नसरल्लाहको मृत्यु भएको इजरायली रक्षा बलले जनाएको छ । इजरायली सेनाले गुप्तचरको “संयोजन” को आधारमा नसरल्लाहको मृत्यु भएको जानकारी प्राप्त भएको बताएको छ ।
इजरायली अधिकारीहरुले थप विवरणमा दिएका छैनन्। इजरायल रक्षा बल (डिफेन्स फोर्स -आईडीएफ) ले शनिबार बेरुतमा भएको हवाई आक्रमणमा नसरल्लाह मारिएको दाबी गरेको छ। हेजबुल्लाहले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
सिबिएसन्यूजका अनुसार विद्रोही समूहले नसरल्लाहको मृत्युको पुष्टि गर्दै आफ्नो लामो समयदेखिको नेता “उनका सहिदहरूसँग सामेल भएको” बताएको छ।
इजरायली सेनाले नसरल्लाह हेजबुल्लाह अन्य नेताहरुहरूसँगै लेबनानको बेरुतमा शुक्रबारको हवाई आक्रमणमा मारिएको दाबी गरेका छन् ।
हेजबुल्लाह आतंककारी संगठनका नेता हसन नसरल्लाह र यसका संस्थापकहरू मध्ये एकलाई आईडिएफले हेजबुल्लाहको दक्षिणी मोर्चाका सेनापति अली कार्की र अतिरिक्त हेजबुल्लाह कमाण्डरहरू सहित मारेको छ,” इजरायल रक्षा बलले शनिबार एक विज्ञप्ति मार्फत जनाएको छ ।
आईडिएफले हेजबुल्लाह क्षेप्यास्त्र भण्डारण सुविधाहरूलाई लक्षित गर्दै रातभरी बेरुतमा आक्रमण जारी राखेको थियो ।
इजरायली वायुसेनाका युद्ध विमानहरूले “हेजबुल्लाह आतंककारी संगठनको केन्द्रीय मुख्यालयमा लक्षित आक्रमण गरे, जुन बेरुतको दहियाह क्षेत्रमा रहेको आवासीय भवनको मुनि भूमिगत रहेको थियो,” आइडिएफले बताएको छ ।
हेजबुल्लाह नेता हसन नसरल्लाह को हुन् ?
चार दशक अघि इरानको सहयोगमा गठन भएको समूहका संस्थापक सदस्यहरूमध्ये एक नसरल्लाह सन् १९९२ मा हेजबुल्लाहको शीर्ष नेतामा पुगेका थिए। उनले आफ्नो पूर्ववर्ती र गुरु अब्बास मुसावीलाई हेजबुल्लाहको महासचिवको रूपमा प्रतिस्थापित गरेका थिए ।
अगस्त १९६० मा बेरुतमा एक किराना व्यापारी र उनकी श्रीमतीको घरमा जन्मेका नसरल्लाहले आफ्नो प्रारम्भिक किशोरावस्था लेबनानको गृहयुद्धको छायामा बिताएका थिए । जब इजरायलले १९८२ मा लेबनानमा आक्रमण गर्यो, नसरल्लाहले कब्जाको प्रतिरोध गर्न लडाकुहरूको समूहको निर्माण गरेका थिए ।
लेबनानी लडाकु समूहहरूको नेतृत्व गरे र उनले हेजबुल्लाहको सेनाको वृद्धिको नेतृत्व गरे। एबिसीन्यूजका अनुसार उनका लडाकु र आरक्षित सेनाहरु १ लाख रहेका छन् ।
उनको मृत्युको घोषणा गर्दै आफ्नो विज्ञप्तिमा इजरायली सेनाले नसरल्लाह धेरै इजरायली नागरिक र सैनिकहरूको हत्या र हजारौं आतंकवादी गतिविधिहरूको योजना र कार्यान्वयनको लागि जिम्मेवार रहेको बताएको छ। इजरायलले उनलाई “केन्द्रीय निर्णयकर्ता र संगठनको रणनीतिक नेता”को संज्ञा दिएका छन् ।
प्रतिक्रिया