अमेरिकाले भारतलाई करिब ३०० ऐतिहासिक पुरातात्विक वस्तु फिर्ता गर्ने भएको छ ।
अमेरिकाले भारतबाट चोरिएका वा तस्करी गरिएका २ सय ९७ ऐतिहासिक पुरातात्विक वस्तुहरू फिर्ता गर्ने भएको छ । जुन धेरै शताब्दीयौं अघिका रहेको सिएनएनले जनाएको छ ।
राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई नेताहरू बीचको भर्खरको भेटमा धेरै कलाकृतिहरूको अगाडि तस्बिर समेत खिचेका छन् ।
गत जुलाईमा अमेरिका र भारतले अवैध व्यापारलाई रोक्न र चोरी भएका पुरातन वस्तुहरू भारतमा फिर्ता गर्ने प्रक्रियालाई सुव्यवस्थित गरेर सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
धेरै जसो पूर्वी भारतका टेराकोटा कलाकृतिहरू रहेको र “छिट्टै” फिर्ता हुने अपेक्षा गरिएको भारत सरकारले शनिबार एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
“प्रधानमन्त्री (मोदी)ले यी कलाकृतिहरू फिर्ता गर्न सहयोग गरेकोमा राष्ट्रपति बाइडेनलाई धन्यवाद दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया