हेजबुल्लाहले हेजबुल्लाहको हवाई सेनापति मुहम्मद हुसेन सरूर बेरुतमा गत बिहीबार भएको आक्रमणमा मारिएको पुष्टि गरेको छ।
दक्षिणी लेबनानको ऐता अल-शाब शहरमा १९७३ मा जन्मेका मुजाहिद नेता मुहम्मद हुसेन सरुर ‘हज अबू सालेह’ लाई शहीदको घोषणा गरिएको हेजबुल्लाहले एक विज्ञप्ति मार्फत जनाएको छ । उनि जेरूशलेमको बाटोमा शहीद भएका थिए।
त्यस्तै यमनबाट क्षेप्यास्त्र प्रहार हुँदा इजरायलमा १९ जना घाइते भएका छन् ।
इजरायलको रक्षा बलले बिहीबार राति यमनबाट प्रहार गरिएको क्षेप्यास्त्रलाई “एरो” एरियल डिफेन्स सिस्टम(हवाई रक्षा प्रणाली )ले सफलतापूर्वक रोकेको बताए पनि १९ जना अझै घाइते भएका छन्।
१८ जना व्यक्तिहरु आश्रय खोज्ने क्रममा घाइते भएका इजरायली आपतकालीन सेवाले एक विज्ञप्तिमा जनाएको छ । यसै गरि लेबनानमा इजरायली हमलामा बिहीबार कम्तिमा ९२ जनाको मृत्यु हुनुका साथै अन्य १५३ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार देखि लेबनानमा ७०० भन्दा बढी व्यक्तिको मृत्यु भएको मन्त्रालयले बताएको छ।
प्रतिक्रिया