नरेश भट्ट अदालतमा हाजिर ,प्रहरीले नरेश भट्टसँग सबैभन्दा पहिले सोधपुछ गरेको १४ मिनेटको श्रब्यदृश्य (भिडियो )सार्वजनिक

इनेप्लिज २०८१ असोज ९ गते ०:५९ मा प्रकाशित

अगस्त १ देखि हराई रहेकी ममता काफ्लेको शव लुकाएको आरोप खेपी रहेका नरेश भट्टसँग अगस्त २ मा प्रहरीले शरीरमा लगाएको चित्रग्राहिणी (क्यामरा) सहित लिएको सोधपुछमा कैद गरेको १४ मिनेटको श्रब्यदृश्य (भिडियो )सार्वजनिक गरिएको छ । मनासस पार्क प्रहरीले आज सेप्टेम्बर २४ मगंलबारका दिन सार्वजनिक गरेको हो ।

उक्त श्रब्यदृश्यमा प्रहरीलाई नरेश भट्टले ममता काफ्लेको बारेमा जवाफ दिदै मंगलबार या बुधवार उनी न्युयोर्क वा टेक्सस जान्छु भनेको जवाफ दिएको देखिन्छ । यो कुनै नौलो थप जानकारी नभएको र पहिलेनै आई सकेको कुरा हो । तर प्रहरीले आधिकारिक रुपमा आजै मात्र १४ मिनेटको श्रब्यदृश्य(भिडियो) सार्वजनिक गरेको हो ।

भर्खरै जारी गरिएको उक्त श्रब्यदृश्य (भिडियो )मा ममता काफ्लेको घरमा प्रहरी अधिकारीहरुले लोक कल्याण जाँच गर्दा उनले जवाफ दिदै त्यसो भनेका हुन् ।

प्रहरीले आफ्नो शरीरमा लगाएको चित्रग्राहिणी क्यामरा (श्रब्यदृश्य )मा नरेशले प्रहरी अधिकारीहरूलाई आफ्नी श्रीमती, ममता काफ्ले भट्टले घर छोडेको, उनको घुम्तीयन्त्र (फोन )नष्ट गरेको समेत झुट बोलेको सुनिन्छ। साथै उनले उनी न्युयोर्क वा टेक्सस जाँदै गरेको बताएको पनि सुन्न सुनिन्छ । जवकी ममताको घुम्तीयन्त्र (फोन ) लाउडन काउन्टी क्षेत्रमा प्रहरीले क्रियाशील (एक्टिभ )देखिएको पहिले नै बताएका थिए ।

नरेश भट्टलाई आफ्नी श्रीमतीको शव लुकाएको आरोप लगाईएको छ । अभियोजकहरूले अनुसन्धानकर्ताहरूले ममताको घरमा रगत फेला पारेका छन् ।
उनले फोहोर फाल्ने झोलामा १०-१२ वटा फोहोर फ्याक्ने झोलाका पोकाहरु रद्धि टोकरीमा फ्याकेको समेत अदालतमा देखाईएको छ ।

यो श्रब्यदृश्य (भिडियो)मा नरेशले प्रहरीहरुलाई छोरीलाई काखमा लिएर ढोकाबाटै प्रहरीहरुलाई उत्तर दिएका थिए । उनले अधिकारीहरूलाई दुवै जना छुट्टिने योजना बनाएको बताएका सुनिन्छ ।

“उनले किन छोडेकी थिइन्?” अधिकारीले सोधेको सुनिन्छ । “हो, हामी अलग हुन लागेका छौं, म घर बेच्न लागेको छु, ‘ नरेश भट्टको जवाफ सुनिन्छ ।

उनले प्रहरी अधिकारीहरुको दर्शन पत्र (भिजिटिंग कार्ड )मागे । प्रहरीको १४ मिनेट लामो भेटघाट सकिएपछि नरेश भट्टले फेरि आफ्नी श्रीमती ममताले भर्जिनिया छोडेको बताए । न्यूयोर्क या टेक्सस ,उनले भने।

ममता काफ्लेको घरभित्रै हत्या गरी शव कतै लुकाएको उनलाई आरोप लगाईएको छ ।

गत हप्ता अदालतको सुनुवाइमा अभियोजकहरूले न्यायाधीशलाई नरेश भट्टलाई फोहोर फ्याक्ने झोला रद्धि टोकरी (डम्पस्टर)हरूमा राखेको प्रमाणहरू प्रस्तुत गरिएको थियो । गत हप्ता लुगा दान दिने टोकारीमा उनले आफ्नो स्नान गृहमा रहेको चटाई(म्याट)फ्याकेको प्रमाण फेला पारिएको र त्यहाँ रगत लागेको समेत फेला पारेको ममताका वकिलले अदालतमा प्रमाण रहेको बताएका थिए ।

नरेश भट्ट मंगलबार अदालतमा उपस्थित भएका थिए। आजको सुनुवाई उनका वकिल मात्र उपस्थित भएका थिए ।

बिस्तृत जान्न यहाँ थिच्नु होला :

https://www.nbcwashington.com/news/local/she-left-video-shows-husband-of-missing-virginia-mom-speak-with-police/3725110/

प्रतिक्रिया