सन् १९५१ मा क्यालिफोर्नियाबाट ६ वर्षको उमेरमा अपहरण गरिएका बालक ७० वर्षपछि पूर्वी तटमा जिउँदै फेला

इनेप्लिज २०८१ असोज ७ गते १०:५४ मा प्रकाशित

सन् १९५१ मा अमेरिकाको क्यालिफोर्निया राज्यबाट ६ वर्षको उमेरमा अपहरण गरिएको बालक ७० वर्षपछि पूर्वी तटमा जिउँदै फेला पारिएको एपीले जनाएको छ ।

एबिसीन्यूजका नुसार क्यालिफोर्नियाको ओकल्याण्डको एक उद्यान (पार्क)मा खेल्दै गर्दा उनको अपहरण भएको थियो ।

लुइस अर्मान्डो अल्बिनो सन् १९५१ ६ बर्षका वर्षका थिए । जब उनी ओकल्याण्ड, क्यालिफोर्निया उद्यानमा पार्कमा खेल्दै गर्दा अपहरणमा परेका थिए। सात दशक भन्दा बढी समय पछि अल्बिनोलाई बिधुतिय (अनलाइन )वंश परीक्षण, पुराना तस्बिरहरू र अखबारका श्रब्यदृश्य (क्लिपिङ)हरूको मद्धतबाट उनलाई फेला पारिएको हो ।

क्यलिफोर्नियाको बे एरिया समाचार समूहले गत शुक्रबार ओकल्याण्डमा बस्ने अल्बिनोकी भान्जी ,प्रहरी एफबीआई र न्याय विभागको सहयोगमा पूर्वी तटमा बस्ने उनको काकालाई भेटिएको समाचार लेखेका छन् ।

अल्बिनो, एक बुबा र हजुरबुबा, एक सेवानिवृत्त अग्निनियन्त्रण तथा नौसेनाका पूर्व सदस्य हुन् । उनले भियतनाममा समेत सेवा गरेको उनकी भतिजी ६३ वर्षीया अलिडा अलेक्विनले बताइन । उनले अल्बिनोलाई जून महिनामा उनको क्यालिफोर्निया परिवारसँग पुनर्मिलन गरेकी थिइन् ।

फेब्रुअरी २१ ,१९५१ एउटी महिलाले ६ वर्षीय अल्बिनोलाई वेस्ट ओकल्यान्ड पार्क(उद्यान)बाट प्रलोभनमा पारिन् जहाँ उनि आफ्नो जेठो भाइसँग खेलिरहेका थिए । पुर्टो रिकोमा जन्मेको बालकलाई स्प्यानिश भाषामा मिठाई (क्यान्डी )किन्ने वाचा गरेर अपहरण गरेकी थिइन् ।

७० वर्षभन्दा बढी समयसम्म अल्बिनो बेपत्ता रहे। ओकल्यान्ड ट्रिब्यूनका लेखहरूको कारण प्रहरी, स्थानीय सेनाका सिपाहीहरू, तट रक्षक र अन्य शहरका कर्मचारीहरू हराइरहेको बालकको खोजीमा व्यापक रूपमा सामेल भएका थिए ।

सान फ्रान्सिस्को खाडी र अन्य जलमार्गहरू पनि खोजी गरिएको लेखहरूमा उल्लेख गरिएको छ । एबिसीन्यूजका अनुसार २०२४ को सुरुमा, उनी र उनका छोरीहरूले आफ्ना पितालाई फेरि खोज्न थाले। अन्तत्वगत्वा लुइस पूर्वी तटमा फेला परे ।

गत जुन महिनाको २० मा अन्वेषकहरू लुइसको घरमा गए । जुन २४ मा एफबीआईको सहयोगमा उनलाई फेला पारिएको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया