लस एन्जेलसमा मिलन नेवार ,खेम सेन्चुरी,अन्जली अधिकारी तथा राधिका कँडेलको बेजोड प्रस्तुति हुदै

इनेप्लिज २०८१ असोज ३ गते २:१४ मा प्रकाशित

साँगितिक यात्रा युएसए टुर २०२४ नामक कार्यकम अन्तर्गत अमेरिका आएका नेपालका सु-प्रसिद्ध कलाकारहरु अन्जली अधिकारी,मिलन नेवार ,राधिका कँडेल ,खेम सेन्चुरीले लस एन्जेलसमा बेजोड प्रस्तुति गर्ने भएका छन् ।

आगामी सेप्टेम्बर २० शुक्रबारका दिन लस एन्जेलसको बोइना पार्कमा कार्यकममा हुनेछ ।

अरेली काँडैले ,बुट्टे सारी ,सोचे झैँ जिन्दगी जस्ता गीत र नृत्यमा कलाकारहरुको दर्जनौ प्रस्तुति हुनेछन् । मनाससमा पहिलो कार्यक्रम सम्पन्न पछि साँगितिक यात्रा युएसए टुर कार्यक्रम अमेरिकाको भर्जिनिया ,मेरिल्याण्ड,नर्थ क्यारोलाइना,पेन्सेलभेनिया, न्युयोर्क,कनेक्टिकट ,बोस्टन ,टेक्सस ड्यालस ,टेक्सस अस्टिन,क्यालीफोर्निया ,ओहायो ,जर्जिया तथा मिसिगन राज्यमा हुनेछ । र ,केही राज्यहरुमा कार्यक्रम भै सकेका छन् ।

अमेरिकामा यो कार्यक्रम डिसी नेपलिज फुटबल क्लबले ल्याएको हो । यस यात्रामा आएका कलाकार खेम सेन्चुरीका दर्जनौं गीतहरु चर्चित छन् । उखु गुलियो, नन्दनी, झ्यालमा पर्दा छ, कपालु कोरेर, हान्छु तिमीलाई लौरीले, सोचे झैं जिन्दगी रैनछ,अरेली काँडैले रहेका छन् ।

लोकप्रिय गायिका मिलन नेवारको अनगिन्ती गीतहरु रहेका छन् भने उनको चर्चित मध्ये कै एक गीत फुलबुट्टे सारी पनि हो ।

प्रतिक्रिया