चीनद्वारा स्वशासित ताइवानलाई हतियार बेच्ने अमेरिकी प्रतिष्ठान (कम्पनी)माथि प्रतिबन्ध लगाउने घोषणा

इनेप्लिज २०८१ असोज २ गते ११:१९ मा प्रकाशित

चीनले स्वशासित ताइवानलाई हतियार बेच्ने अमेरिकी कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

बेइजिङ – चीनले बुधबार स्वशासित टापु ताइवानमा हतियार बेच्ने अमेरिकी प्रतिष्ठानरूमाथि प्रतिबन्धको घोषणा गरेको छ। जसलाई बेइजिङले आफ्नो क्षेत्र दाबी गर्छ र बल प्रयोग गरेर जोड्ने धम्की दिएको एपीन्यूजले समाचार लेखेको छ ।

चिनियाँ सरकारी संचार माध्यमले परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै घोषणा गरेको छ तर तर संलग्न कम्पनीहरूको बारेमा कुनै विवरण दिएको छैन ।

एबिसीन्यूजका अनुसार ताइवानले अमेरिकाबाट एफ-१६ लडाकु विमान, अब्राम बख्तरबन्द तथा क्षेप्यास्त्रहरूको हस्तान्तरणको लागि पर्खिरहेको छ।

चीनले ताइवानमाथि आक्रमण गर्ने धम्की दिइरहेको छ। औपचारिक कूटनीतिक सम्बन्धको कमी भएता पनि संयुक्त राज्य अमेरिका लामो समयदेखि हतियारको प्रमुख प्रदायक भएको छ ।

अमेरिकाबाट हतियार खरिदसँगै ताइवानले आफ्नो घरेलु हतियार उद्योगलाई पनि पुनर्जीवित गर्दै आएको छ । ताइवानमा पुरुषहरूको लागि अनिवार्य सैन्य सेवा एक वर्षको लागि विस्तार गरिएको छ।

चीनले यसअघि अमेरिकी प्रतिष्ठानहरूलाई ताइवानको सशस्त्र बलसँगको सहकार्य अन्त्य गर्न माग गरेको थियो।

प्रतिक्रिया