रुसले रातभरिको आक्रमणमा ३० वटा युक्रेनी मानवरहित यान (ड्रोन)खसालेको रक्षा मन्त्रालयको दाबी गरेको छ ।
युक्रेनले रुस भित्र लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न आफ्नो दबाब जारी राखेको छ । रुसको रक्षा मन्त्रालयले आइतबार देशको पश्चिममा युक्रेनी ड्रोन (मानव रहित यान )आक्रमणको नयाँ लहरलाई पराजित गरेको बताएको छ। मन्त्रालयले आफ्नो आधिकारिक संचार माध्यम (टेलिग्राम च्यानल)मा २९ वटा “युक्रेनी मानवरहित यान नष्ट गरिएको जनाएको छ ।
मन्त्रालयका अनुसार १५ वटा ब्रायान्स्क क्षेत्रमा, ५ वटा कुर्स्क क्षेत्रमा, ४ वटा स्मोलेन्स्क क्षेत्रमा, २ वटा ओरेल क्षेत्रमा र १ -१ वटा बेल्गोरोड, कालुगा र रोस्तोभ क्षेत्रमा खसालेको छ ।
आइतबार बिहान, मन्त्रालयले रियाजान क्षेत्रमा थप युक्रेनी मानव रहित यान (ड्रोन )खसालेको बताएको छ।
युक्रेनको वायुसेनाले शनिबार राति रुसले दुईवटा प्राक्षेपिक (ब्यालेस्टिक )क्षेप्यास्त्र, एउटा समुन्द्री क्षेप्यास्त्र (क्रुज मिसाइल) र १४ वटा साहेद ड्रोन (मानव रहित यान )प्रहार गरेको बताएको छ । पोतविहार क्षेप्यास्त्र (क्रूज मिसाइल )र १० वटा साहेदहरू हवाई प्रतिरक्षाद्वारा खसालेको टेलिग्राममा लेखिएको छ ।
युक्रेनले रुसमा रातभरि भएको मानवरहित यान आक्रमणको बारेमा कुनै टिप्पणी नगरेको एबिसीन्यूजले जनाएको छ ।
युक्रेनको वायुसेनाले राजधानी कीभ लगायतका लक्ष्यमा प्रहार गरिएका ७६ साहेद मानवरहित यान मध्ये ७२ वटा खसालेको जनाएको छ ।
मस्कोले शुक्रबार राति दुई पश्चिमी क्षेत्रहरूमा युक्रेनी मानव रहित यानहरू पनि नष्ट गरेको बताएको छ।
प्रतिक्रिया