अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायो राज्यको स्प्रिङफिल्डमा रहेका हेटीका आप्रवासीहरूलाई हेटी फिर्ता पठाउने वाचा गरेका छन् ।
ट्रम्पले गत शुक्रबार यदि उनी राष्ट्रपति बने भने, उनले ओहायो र कोलोराडोबाट सुरु गरी आप्रवासीहरूलाई ठूलो मात्रामा देश निकाला गर्ने बताए ।
क्यालिफोर्नियाको रान्चो पालोस भर्डेसमा पत्रकार सम्मेलनमा उनले पत्रकारहरूलाई भने, “हाम्रो देशको इतिहासमा सबैभन्दा ठूलो देश निकाला हुने बताए । उनले अगाडी भने हामी ओहायोको स्प्रिंगफील्ड र कोलोराडोको अरोराबाट सुरु गर्ने छौ ।
यो वाचा यस हप्ताको सुरुमा उपराष्ट्रपति कमला ह्यारिससँगको उनको बहसको क्रम पछि आएको थियो। उनले बहसमा ओहायोको स्प्रिंगफिल्डमा रहेका आप्रवासीहरूले कुकुरहरू र बिरालाहरू खाइरहेको भनि गलत दाबी समेत गरेका थिए । त्यस्तै आफ्नो गल्फ मैदानबाट आप्रवासीहरूलाई “भेनेजुएलामा फिर्ता” लाने बताएका छन् ।
तर अधिकांश हेटीका आप्रवासी कानुनी रूपमा अमेरिकामा छन् र काम गर्ने अनुमति समेत दिइएको छ । पछिल्लो दुई आर्थिक वर्षमा भन्सार तथा सीमा सुरक्षा तथ्याङ्कका अनुसार अमेरिकाले दक्षिणी सिमानामा १५६,००० हेटीका आप्रवासीहरूलाई प्रक्रियागत रुपमा अमेरिका आउन दिएको सिबिएसन्यूजले जनाएको छ ।
ती मध्ये, तिनीहरूमध्ये लगभग ९८ % कानूनी रुपमा नाकाबाट प्रवेश गरेका छन् । ओहायो राज्यको स्प्रिङफिल्डका नगर प्रमुख ,प्रहरी प्रमुख र ओहायोका गभर्नर माइक डेवाइनका अनुसार घरपालुवा जनावरहरू चोरिएको र आप्रवासीहरूले खाएको कुनै विश्वसनीय प्रतिवेदन नभएको बताएका छन् ।
केही स्प्रिङफिल्ड सरकारी र विद्यालय भवनहरू बिहीबार बमको धम्कीका कारण बन्द गरिएका थिए।
प्रतिक्रिया