अमेरिकी न्याय विभागका कर्मचारीहरू विरुद्ध “आक्रमणको वृद्धि” , महान्यायाधिवक्ताद्वारा धम्कीको निन्दा

इनेप्लिज २०८१ भदौ २७ गते १६:५४ मा प्रकाशित

अमेरिकी महान्यायाधिवक्ता मेरिक गारल्याण्डले बिहीबार कर्मचारीहरूलाई सम्बोधन गर्दै न्याय विभाग विरुद्ध “आक्रमणको वृद्धि” को निन्दा गरेका छन्।

 उनले “षड्यन्त्र सिद्धान्तहरू, खतरनाक झूटहरू” र “वास्तविक हिंसाको धम्की” विरुद्ध  कडा चेतावनी दिदै यस्ले विभागको कार्यबललाई खतरामा पार्ने बताए ।

महान्यायाधिवक्ताले संघीय अभियोजक र अन्वेषकहरूको प्रयासको प्रशंसा गरे र वाशिंगटनमा विभागको मुख्यालयमा टिप्पणीमा न्याय विभागको स्वतन्त्रतामा जोड दिए। 

जनवरी ६,२०२१ मा अमेरिकी सॅसद(क्यापिटल)मा भएको आक्रमणबाट प्रभावित राष्ट्रपतिय संक्रमणको झण्डै चार वर्षपछि राष्ट्रपतिको निर्वाचन अन्तिम चरणमा प्रवेश गर्दा गारल्याण्डको यो टिप्पणी आएको हो।

प्रतिक्रिया