त्रेतायुगको आगमन र अयोध्यापुरीका बास्तविकता

इनेप्लिज २०८१ भदौ २५ गते २२:२२ मा प्रकाशित

कलीयुगको प्रभाबले जताततै बेथिती, बिसङ्गती, भष्टचार, बलत्कार, अन्याय अत्यचार, आतं्क, हत्या हिंसा बढी राखेको छ । रावणको राज्यमा शैतानी शक्तिहरु मौलाउनु र देवत्वहरु अन्यायमा पर्नु त स्वभाविकै हो । नागरिकहरुले विधिको शासन र कानुनी राज्यको अनुभूति गर्न पाएका छैनन । वैदिक सनातन धर्म र समस्त प्राणी÷प्रकृतिको दयनीय अवस्था छ ।

यदा यदा हि धर्मस्य ग्लानिर्भवती भारत, अभ्युत्यानमा धर्मस्य तदात्मानं सृजाम्यहम् ।

अर्थात, “जब जब पबित्र भारतभूमि (गोरख अधिराज्य नेपाल) मा वैदिक सनातन धर्म संकटमा पर्दछ, म मेरा भक्तजनहरुको उद्दार गर्न तथा वेद, प्रकृति र देवताहरुको रक्षाको लागि अवतार लिने छु” भन्ने भगवान् श्रीकृष्णको दिव्य वाणी अनुसार नै पुनः भगवान रामको अवतार प्रार्दुभाव भै सकेको छ । २०६४ श्रावण ११ गते सोमबारका दिनदेखि वाबा गोरखनाथको कल्की अवतार भईसक्यो । त्रेतायुगको आगमनको प्रतीक स्वरुप र मानब चेतनामा शुद्धीकरणको लागि ठाउँठाउँमा शिवगोरक्षधामहरु बनिसकेपछि मात्र भगवान् रामको चर्चा परिचर्चा हुन थाल्यो । उहाँको गरिमामय अभ्यूदयको चाह सबैले राख्न थाले । इण्डियामा पनि त्रिकालदर्शीहरु धेरै छन् । भगवान रामको अवतरण छिट्टै हुदैछ भन्ने कुरा थाहा पाएर नेपालकै काली गण्डकीबाट अलौकिक शालिग्रामहरु लगेर इण्डियाको फैजावाद भन्ने ठाउँमा राम मन्दिर निमार्ण पनि गरे । श्रद्धाभावले भगवान रामको मन्दिर बनाउनु अति राम्रो कुरा हो । अघिल्लो तेतायूग ७,२०० वर्ष अघि पनि त संसारका कुना कुनामा राम मन्दिरहरु बनेका थिए । त्यसैगरी अहिले पनि सबै देशहरुले भगवान् रामलाई चिनेर राम मन्दिरहरु बनाउन् । त्यसमा हामी हर्षित हुन्छौँ, सहकार्य पनि गर्छौ । तर भगवान् रामको जन्म इण्डियाको फैजाबाद अयोध्यामा भएको थियो भनेर छटटु इण्डियाले झुटको खेती गरेको चाहिँ पटक्कै सुहाउदैन । ढाटेको र फाटेको त एकदिन देखिहाल्छ त ? सूर्यलाई हत्केलाले छेक्ने दुष्प्रयास मात्र गरेका हुन् केही धूर्त इण्डियनहरुले । हुन त विश्वको सर्बाेच्च शिखर सगरमाथा नेपालमा हुँदाहुदै त Everest is in India भनेर पाठ्यपुस्तकमा लेख्छ भैया । भगवान् गौतम बुद्धको जन्मभूमि कपिलबस्तु लुम्बिनी हो भनेर छलंङ्ग अशोक स्तम्भले भनिराख्दा इण्डियामा नक्कली लुम्बिनी बनाउदछ भैया । अझ लुम्बिनी प्रमाणित गराउन नेपालको लुम्बिनीबाट पुरातात्विक महत्वका इट्टाहरु चोरेर लगेको छ भने अयोध्यापुरीको पुरानो कुरालाई जालझेल गर्न नसक्ने त कुरै भएन नि । रामको जन्मभूमि इण्डियामा नै भएको हो भन्ने कुरा प्रमाणित गर्नको लागि चितवनको अयोध्यापुरी र त्रिवेणिधाम बाट राम सीताका पुराना मूर्तिहरु चोरेर लगेको छ । बाल्मिकी रामायणको बर्णन अनुसार कृत्तिम सरयू नदी तथा सोमेश्वर पर्बत पनि बनाएको छ । तालु खुइलेलाई पनि काँइयो बेच्न सक्ने भैयाले गर्नु सम्म नै गरेको छ नि– भनी साध्य नै छैन । ४ वेद १८ पुराणका रचयिता महर्षि वेदव्यासको जन्म नेपालको दमौलीमा भएको त्यत्रा त्यत्रा प्रमाण हुँदा हुँदै पनि इण्डियाको कल्पी भन्ने ठाउँमा व्यास गुफा बनाएको छ । पाल्पाको रुरु ऋषिकोशलाई दिल्ली नजिकै ऋषिकेश भनेर बिज्ञापन गरेको छ । अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यलाई कैद गरेर”Welcome to India Rishikesh, The Capital City of Yoga-Meditation” भनेर विश्व बजारमा प्रचार प्रसार गरेको छ । मुक्तिक्षेत्र, रुरुक्षेत्र, पाशुपातक्षेत्र र बराहक्षेत्र यी चारधामहरु विश्वका सबै मानिसहरुले तीर्थ जानु पर्ने उत्कृष्ट चार धामहरु हुन् । अब, चारधाम यहा हुँदाहुँदै पनि इण्डियामा चारधाम बनाइदिन्छ भैया । हरिद्धार, बृन्दावन, वनारस, प्रयाग, उत्तराखण्ड हाम्रै नेपालमा हँुदाहँुदै पनि उता इण्डिया तिरै नक्कली तीर्थस्थलहरु बनाएर दिउँसै रात पारिदिन्छ भैया । वेद हाम्रै–पुराण हाम्रै तर मामाको घोडा मेरो हिं हिंं गर्दछ भैया । दलाल नेताहरुलाई किनेर निर्दोष नेपालीहरुलाई लुटुपुट पारिराख्या छ भैया । तर अब नेपाली नागरिकहरु पनि जागिसके, अब तथाकथित इण्डियन हिन्दु भैयाहरुको कालो कर्तुत बाहिरिने छ । नेपाललाई मन भित्रदेखि नै माया गर्ने राष्ट्र प्रेमीहरु–देवत्वको जन्म भइसकेको छ । अब भने छट्टु–धूर्त इण्डियाको धोती खुस्किने दिन आइसकेको छ ।

भगवान रामको जन्मभूमि अयोध्यापुरी खोज्ने क्रममा सिद्ध योगी अमित चौधरी भाइको खोज अनुुसन्धान अकाट्य छन् । प्राध्यापक लोकमणि पौडयाल जस्ता धेरै नेपाली सपुतहरु लागि पर्नु भएको छ । इण्डियाले कपोल कल्पित अयोध्या खडा गर्दैमा भगवान् रामको जन्म इण्डियामा भएको हुदैन । त्यसो त १४÷१५ ठाउँहरु अयोध्या नाम गरेका छन् । के त उसो भए ती सबै ठाउँमा भगवान् राम जन्मेका हुन् त ? पक्कै पनि होइन । अमेरिकामा पनि स्वर्गद्धारीलाई श्रद्धा गरेर हुवहु स्वर्गद्धारी खडा गरिएको छ । यसको मतलब प्यूठानको स्वर्गद्धारी उडेर अमेरिका गएको भन्ने होइन । त्यसो त थाइल्याण्डको बैङकको पुरानो नाम नै ‘अयोध्या’ थियो । थाइल्याण्डका बुढापाकाहरुले चाहा गरेर अयुद्ध भूमि (शन्तिभूमि) नाम राखेकोले ‘अयोध्या’ भएको हो । भगवान रामको जन्मस्थल ‘अयोध्यापुरी’ भने निशन्देह चितवन ठोरीमा अवस्थित अयोध्यापुरी नै हो ।

अयोध्पापुरीको प्रमाण, यत्रतत्र सर्बत्र

त्रेतायुगका मर्यादापुरुष भगवान् रामको जीवन चरित्रलाई वेद व्यासजीले ‘अध्यात्म रामायण’ मा स–विस्तार बर्णन गर्नु भएको छ । त्यस्तै कालिदासको ‘रघुवंश’, तुलसीदासजीको ‘राम चरित्र मानस’ तथा महर्षि बाल्मिकीले लेख्नु भएको ‘बाल्मिकी रामायण’ बशिष्ठ गीता, आनन्दरामायण यी सबै प्राचीन पुस्तकहरुले भगवान् रामको जन्म चितवन ठोरीको अयोध्यापुरी हो भन्ने कुरा प्रष्ट पारेकै छ ।

भगवान् रामले आफ्नो जीवनको उत्तरार्धमा आफ्ना सुपुत्र लवलाई सरावर्ती राज्य र कुशलाई कुशावती राज्य (आजको दक्षिण इण्डिया) सुम्पिएर अयोध्यापुरी छोड्नु भएको थियो । केही वर्ष तपजप गरेर देवघाटमा अन्र्तध्यान हुनु भएको थियो । उहाँ अन्र्तध्यान हुनु भएको कालीगण्डकीमा अझै पनि ३ वटा चक्र भूमरी परिराख्छन । एउटा दाहिने तर्फ र अर्काे चाहिँ देव्रे तर्फ भूमरी परिराख्छ दाहिने तर्फ घुमेको चक्र चाहिँ सीतामाता अन्र्तध्यान भएपछि बनेको हो । भगवान् रामलाई खोज्ने क्रममा पहिलोपटक त्रिबेणीधाममा पातालमुनी भासिनु भयो जहाँ अहिले पनि पातालपुरी देख्न सकिन्छ । त्यसपछि फेरि रामलाई पछयाउँदै भगवान् राम अन्र्तध्यान भएको वास्तविक स्थान फेला पारेर त्यहीबाट सीतामाता पातालमा भासिइ अन्र्तध्यान हुनुभयो । अहिले पनि सीतामाता विलय हुनु भएको सीता गुफा नै देवघाटमा देख्न सकिन्छ ।

स्कन्द पुराण अन्तर्गत पर्ने अयोध्या महात्मेमा– “अयोध्या नजिकै सुन्दर झरनाहरु छन्, गगनचुम्वी पहाडहरु छन, उत्तर पश्चिमाभिमुख भएर सरयू नदी बगेको छ” भनेर प्रष्ट नै भनिएको छ । यी सबै बर्णनहरु ठयाक्कै चितवन अयोध्यापुरीसंग मिल्छ– झरना, पहाड र सरयू नदी । त्यही सरयू नदी कालान्तरमा अपभ्रशं भएर रियू नदी भएको हो । उही चन्द्रपुर चाहि चपुर भए जस्तो । त्यसैगरी, बाल्मिकी रामायणले बर्णन गरेका सबै स्थानहरु यहि छन्– मन्दिर, पहाड, झरना, गुफा, लवकुश नुहाएको इनार, बाल्मिकी आश्रम, त्रिबेणीधाम । सीता मातालाई लिन “जन्ति लिएर पूर्वतिर लाग्नुभयो राम, बिहानै हिडेर साँझमा पुग्नु भयो जनकपुर” भनेर भनिएको छ । एक त चितवन ठोरीबाट रातसाँझ जनकपुर पुगिने दुरी हो जनु कुरा इण्डियाको साकेत अयोध्यापुरी बाट ३ दिन लाग्छ । अनि, “भाइ लक्ष्मणले लवकुश र भाउजु सीतालाई त्रिबेणी धाममा छोडेर लक्ष्मण बेलुका घरै फर्केका थिए” भनेर प्रष्ट नै भनिएको छ । अयोध्यापुरी र त्रिबेणीधामको दुरी पनि त्यस्तै छ, बिहान गएर बेलुका फर्कने । रामपुर, सीतापुर, भरतपुर, नारायणगड आदि इत्यादि धेरै नामहरु किन यही ठाउँमा नै हुनु प¥यौ त ? किन गुफा र मन्दिरहरु (भग्नावशेष) मा रामसीताका मूर्तिहरु भेटियो त ? पक्कै पनि अयोध्यापुरीवासीहरुले भगवान राम र सीतामाता अन्र्तध्यान भएपछि ती दिव्य आत्माहरुको सम्झनामा श्रद्धाभावले (प्रतिमा) मन्दिरहरु बनाइएका थिए । कुरो प्रष्टै छ त ।

बराह पुराणमा भनिएको छ–“संसारमा दुई ठाउँमा मात्र शलिग्राम पाइन्छ र यी दुई ठाउँको दुरी १२ योजन छ ।” हुन पनि विष्णु देवकै अंश शालीग्राम चाहि कालीगण्डकी नदी र माडी नदीमा मात्र पाइन्छ र मुक्तिनाथदेखि माडी नदीको हावा दुरी १२ योजन (१५६ कि.मी) जति नै छ । जर्मनीका बैज्ञानिकहरुले पनि गहन अध्ययन अनुसन्धान गरेर मुक्तिनाथ काली गण्डकीमा र माडी नदीमा मात्र शालीग्राम पाइन्छ भनेर भनेका छन् । ठोरीको अयोध्यापुरीमा भग्नावशेष उत्खनन गर्दा राम र हनुमानका सिक्काहरु भेटिएका छन् ।

यसरी प्राचीन धर्मग्रन्थहरुमा बर्णन गरिएको अयोध्यापुरी यही चितवन ठोरीको अयोध्या हो । त्यसमा कुनै भान नपरोस । रावणले अपहरण गर्दा सीता माताले सङ्केत स्वरुप काजल खसाउदै जानु भएको थियो– ताकी रामले थाहा पाओस् । काजल खसाइएको काजरीया नदी यही छ । बाल्मिकी आश्रम नजिकै कुश चौर छ जहाँ प्रत्येक दिन सीतामाता पूजा गर्नको लागि कुश टिप्नुहुन्थ्यो । जुम्ल्याहा बच्चा लवकुशलाई नुहाइदिनु भएको इनार पनि त्यही त्रिबेणीधाममा छ । सोमेश्वर पर्बतमा (ठोरी नजिकको) अझै पनि दुर्लभ जडीबुटीहरु पाइन्छन् । हनुमानले बोक्नु भएको पहाड पोखरा नजिकै कोत्रेमा नै छोडिएको छ । भगवान् राम शिवजीको परम् भक्त हुनुहुन्थ्यो । उपासक भएकोले वहाँले शिव–लिगंमा पूजा गर्नुहुन्थ्यो । अझै पनि ठोरी अयोध्यापुरीको जङगलमा यत्रतत्र शिवलिङ्ग भेटिन्छन् । दुर्लभ अष्ठमुखी शिवलिङ्ग पनि त्यही छ । अयोध्यापुरीको दक्षिणमा सोमेश्वर पर्बत पनि छ । शिवलिङ्ग महाभारत कालमा पनि पाँच पाण्डबहरु युद्ध बिजय पश्चात नेपाल फर्कने क्रममा पाण्डबहरु बास बसेका थिए यही अयोध्यापुरीमा पाण्डबहरु बास बसेको ठाउँ, मन्दिर, भूमिकुवा त्यही छ । महाभारतको बर्णनमा पनि पाण्डबहरु अयोध्यामा बास बसेको कुरा उल्लेख गरेको छ । अहिलेसम्म पनि यो ठाउँलाई अयोध्यापुरी गा.वि.स भनिन्छ । राम चरित्र मानसमा अयोध्यापुरीको उत्तरमा गगनचुम्वी पहाडहरु छन् , टलटल हिमाल टल्केको देख्न पाइन्छ भनिएको छ । चितवन ठोरी अयोध्यापुरीमा प्राप्त सिक्का र मूर्तिहरुको कार्वन डेटिङ्ग गर्दा पनि उक्त सिक्का तथा मूर्तिहरु ६,००० – ७,००० बर्ष पुरानो भएको प्रमाणित गर्दछ । भगवान् रामको जन्मकुण्डलीमा अबस्थित ग्रहहरुको स्थिति अनुसार NASA Planetarium Softwareमा राखेर हेर्दा भगवान् रामको जन्म ७,२०० वर्ष अघि नै भएको देखाउँदछ । २,७०० बर्षको एक युग हुन्छ जुन गणना अनुसार द्धापरयुग भन्दा अघिको तेश्रो युग ७,२०० वर्ष जति हुन आउदछ अतः कलियुगका भगवान बुद्ध २,६६२ वर्ष अघि, द्धापरयुगका भगवान कृष्ण ५,१०० वर्ष अघि र त्रेताका भगवान् रामको कालगणना ७,२०० बर्ष भएको कुरा एकदमै मुनासिब छ । मानबशास्त्री पुरातत्वबिदहरुको प्रमाण पनि यस्तै यस्तै हुन आउँदछ ।

यसरी हेर्दा अयोध्यापुरी ठोरी चितवन नै भगवान रामको जन्मथलो हो भनेर ठोकुवा गर्न चाहिने भन्दा बढी प्रमाणहरु छन् । हाम्रा दलाली नेताहरुले बोल्न नसकेका मात्र हुन् । Thomas William Rhys Davids ले लेख्नु भएको पुस्तक ‘Buddhist India’ ले पनि सा्केतको अयोध्या भगवान् रामको जन्मथलो होइन भनेको छ । इन्डियाकै चर्चित लेखक कमलेश्वरको पुस्तक ‘कित्ने पाकिस्थान’ ले पनि साकेतमा राम मन्दिर नै नभएको जानकारी दिन्छ । Indian High Court ले फैसला गरेको १,०४२ पानाको फैसलामा पनि इण्डियाको साकेतमा राम मन्दिर नभएको नै ठहर गरेको छ । सन् १८६० देखि यता मात्र साकेतलाई ‘अयोध्या’ नामकरण गरिएको भेटिएको छ । ब्रिटिसहरुले हिन्दु र मुसलमानहरुलाई लडाउन नक्कली अयोध्या खडा गरेको कुरा प्रष्ट हुन्छ । धूर्त ब्रिटिसहरुको षड्यन्त्र बुझ्न नसकेर त्यतिबेला करिब २ लाख जति इण्डियनहरुले ज्यान गुमाउनु परेको इतिहास साक्षी छ । त्यति बेला हालको नक्कली अयोध्या साकेत ठाँउलाई अबध भनिन्थ्यो । धूर्त इण्डियन पत्रकारहरुले अयोध्या प्रमाणित गराउन अबध शब्द नै हटाएर अयोध्या लेख्न थाले । नक्कली सरयू नदी खडा गरे भने सानो ढिस्कोलाई पञ्चवटी बन भन्न थाले जबकी असली पञ्चवटी बन चाँहि दामनमा पर्दछ ।

जे होस्, धर्म नछाडने इण्डियाकै पुरातत्वविदहरुले पनि इण्डियाको साकेत (अयोध्या) चाहि भगवान रामको जन्मभूमि नभएको जिकिर गर्दछन् । मात्र चतुर इण्डियाले पुराना मूर्ति आफैँले पुरेर फेरि आफैले उत्खनन् गरेको मात्र हो । भगवान रामको जन्मभूमि अयोध्या (साकेत) भनेर भ्रम फिजाएको मात्र हुन् । सबैले मनन् गरुन् ।

सत्य सधै सत्य नै हुन्छ

ऋषिमुनिहरुको तपोभूमि हो, स्वर्गभुमि, वेदभूमि हो गोरख अधिराज्य नेपाल । त्यसैले भगवानहरुको अवतार–जन्म पनि यहि पबित्रभूमि नेपालको हिमवत खण्डमा हुन्छ । नेपाल चाहिँ शिवजीको बासस्थान तथा तन्त्रभूमि भएकोले पनि भगवानहरु नेपालभूमिमा मात्र जन्म लिनुहुन्छ । मत्स्य अवतार काठमाडौँमा, कुर्म अवतार दोलखामा, बराह अवतार बराहक्षेत्र चतरा (हरिद्धार) मा, बामन अवतार दामनमा, परशुराम अवतार गलेश्वरमा, राम अवतार चितवन ठोरीमा, कृष्ण अवतार पूर्वी नेपालको बृन्दाबनमा, बुद्ध अवतार लुम्बिनीमा भएको कुरा धर्मशास्त्रहरु साक्षी छन् । प्रमाण बनेर बोल्ने एतिहासिक शिला पत्थरहरु छन् ।

वि.सं. २०८० माघ ३ गते कास्की–पोखराको पुम्दी भूम्दीको डाँडामा भगवान राम प्रकट हुनु भएको छ । अब नेपालमा सूर्यवंशी राजाको उदय हुनेछ । उहाँले चक्रवर्ती राजा भई विश्वलाई शासन गर्नु हुनेछ । छिट्टै नै रामराज्यको अनुभूति हुनेछ सारा संसारलाई । भगवान रामको साम्राज्य र अस्तित्वको फैलावट पुरै भारत वर्ष, हिन्दु कुश (हालको इरान, अरब क्षेत्र) मात्र नभै पूर्वमा इन्डोनेशिया क्याम्वोडिया देखि पश्चिममा इटालीको रोम सम्म फैलिएको थियो । इटालीको रोम शहरको नाउनै रामको अपभ्रंश शब्द हो । राम–राम भन्दै जाँदा रोम भएको हो । अझै पनि त्यहाँ भगवानरामका मन्दिरहरु छन् । नेपाली पुर्खाहरुकै बसोबास भएकोले इटालीकोNaples शहर भएको हो । अझै पनि त्यहाँकोे भाषा र संस्कृति नेपालको संस्कृतिसँग मिल्दोजुल्दो छ ।

                               जय गोरख !

प्रतिक्रिया