नाइजेरियामा इन्धन वाहन र भारवाहक (ट्रक )ठोक्किँदा विस्फोट हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।
नाइजेरियामा आइतबार एउटा इन्धन वाहन(ट्याङ्कर )अर्को भारवाहक (ट्रक)सँग ठोक्किएर विस्फोट हुँदा कम्तीमा ४८ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन प्रतिक्रिया संस्थाले जनाएको छ ।
इन्धन वाहनले उत्तर-मध्य नाइजर राज्यको अगाई क्षेत्रमा गाईवस्तुहरू पनि बोकेको थियो । तीमध्ये कम्तिमा ५० वटा जिउँदै जलेको नाइजर राज्य आपतकालीन व्यवस्थापन सँस्था (एजेन्सी)का महानिर्देशक अब्दुल्लाही बाबा-अरबले भने।
दुर्घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी रहेको बाबा-अरबले बताए ।
बाबा-अरबले सुरुमा ३० शव फेला परेको बताए पनि पछिको विज्ञप्तिमा ठोक्किदा जलेर मृत्यु भएका थप १८ जनाको शव फेला परेको बताए । मृतकको सामूहिक दाहसंस्कार गरिएको उनले बताए ।
नाइजर राज्यका गभर्नर मोहम्मद बागोले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई शान्त रहन र सडक प्रयोगकर्ताहरूलाई “जीवन र सम्पत्तिको सुरक्षा गर्न सधैं सतर्क रहन र सडक यातायातका नियमहरूको पालना गर्न” आग्रह गरे ।
पोतभार (कार्गो) ढुवानी गर्न कुशल रेलवे प्रणालीको अभावमा अफ्रिकाको सबैभन्दा जनसंख्या भएको देश नाइजेरियाका अधिकांश प्रमुख सडकहरूमा घातक ट्रक दुर्घटनाहरू सामान्य छन्।
नाइजेरियाको संघीय सडक सुरक्षा कोर्प्सका अनुसार २०२० मा मात्रै १,५३१ इन्धन वाहन दुर्घटनामा परी ५३५ जनाको मृत्यु र १,१४२ जना घाइते भएका थिए।
प्रतिक्रिया