नोवा नाइटस भलिबल प्रतियोगिता २०२४ सम्पन्न

इनेप्लिज २०८१ भदौ २४ गते ०:०९ मा प्रकाशित

सेप्टेम्बर ७ का दिन फेयरफ्याक्स  भर्जिनियामा   नोवा  नाइटस भलिबल  क्लबद्वारा भलिबल  प्रतियोगिता आयोजना गरियो। प्रतियोगितामा बिभिन्न टिमहरूले भाग लिँदै उत्कृष्ट प्रदर्शनी गरे। प्रतियोगिता बिहान  १० बजे दुई कोर्टमा सुरू भयो, र अन्तिम खेल साँझ ५ बजेमा सम्पन्न भयो।

प्रतियोगितामा करिब १५० को  उपस्थित थियो । प्रतियोगिताको समापनमा, बिजेता टिमहरूलाई पदक, ट्रफी र नगद पुरस्कार बितरण गरियो। उपबिजेता टिमलाई पनि नगद पुरस्कार दिँदै सम्मान गरियो।

आयोजकहरूले   यो कार्यक्रम धेरै सफल र उत्कृष्ट भएको  बताए । प्रतियोगितामा भाग लिँदै टिमहरूले आफ्नो कौशल र उत्साह देखाए। नेपाली समुदायमा खेलकुद  प्रति जुन माया छ, यो कार्यक्रमले त्यसलाई साबित गरेको छ । नेपालको राष्ट्रिय खेल भएको भलिबल  लाई हामी आफ्ना  अर्को   पुस्तालाई  सिकाउन खोज्दैछौ, जस्ले उनीहरूलाई समुदायसंग जोडी राख्छ। यस खेलले शारीरिक क्षमता साथै मानसिक शक्ति पनि विकास गर्दछ। हामी यो खेललाई सर्वश्रेष्ठ मान्दछौ।

अमेरिकामा नेपाली समुदायमा धेरै भलिबल कार्यक्रमहरू आयोजना गरिन्छ। प्रत्येक वर्ष, विभिन्न प्रतियोगिताहरूमा बितरित गरिने नगद पुरस्कार राख्दा १००,००० डलरभन्दा बढी हुन्छ, जसमा महंगो सञ्चालन खर्च र इन्डोर फिस  समावेश छैन। यो नेपाली समुदायमा भलिबलको लोकप्रियता र समर्थनको प्रमाण हो।

नोवा नाइट्स भलिबल क्लबका अध्यक्ष मौसम राईले भने “यो प्रतियोगिता हाम्रो लागि धेरै महत्वपूर्ण थियो। हामी यो कार्यक्रमलाई सफल बनाउनको लागि धेरै मेहनत गर्यौं। हामीलाई खुशी छ कि यो कार्यक्रम धेरै राम्रो र सफल भयो।”

यो प्रतियोगिता फेयरफ्याक्स भर्जिनिया स्टेटको नेपाली समुदायमा एक महत्वपूर्ण कार्यक्रम बन्यो । नोवा नाइट्स भलिबल क्लबले यस्ता कार्यक्रमहरू आयोजना गर्दै जारी राख्ने बतायो।

प्रतिक्रिया