इरानले रुसलाई प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )हस्तान्तरण

इनेप्लिज २०८१ भदौ २२ गते ११:३६ मा प्रकाशित

इरानले रुसलाई प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल )हस्तान्तरण हस्तान्तरण गरेको सिएनएनले जनाएको छ ।

सिएनएनले दुई स्रोतहरूको उल्लेख गर्दै इरानले भर्खरै युक्रेन विरुद्धको युद्धमा प्रयोग गर्न छोटो दूरीको प्राक्षेपिक क्षेप्यास्त्र (ब्यालिस्टिक मिसाइल)हरू रूसलाई हस्तान्तरण गरेको जनाएको छ । क्षेप्यास्त्रहरू कहिले हस्तान्तरण गरिएको थियो भन्ने बारेमा स्पष्ट नभएको सिएनएनले उल्लेख गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत शुक्रबार जर्मनीमा युक्रेन रक्षा सम्झौता समूहको बैठकमा सहयोगीहरूलाई युक्रेनलाई तुरुन्तै थप वायु रक्षा प्रणालीको आवश्यकता रहेको बताएका थिए । वाल स्ट्रिट जर्नलले यस सम्बन्धी समाचार प्रकाशित गर्दै इरानले क्षेप्यास्त्र पुर्याएको उल्लेख गरेको थियो ।

“हामीले युक्रेनमा रुसको पूर्ण मात्रामा आक्रमणको शुरुवातदेखि नै रूस र इरान बीचको गहिरो सुरक्षा साझेदारीको बारेमा चेतावनी दिइरहेका छौं र यी सूचनाहरु बाट चिन्तित छौं। हामी र हाम्रा साझेदारहरूले जी७ र नेटो शिखर सम्मेलनहरूमा स्पष्ट गरिसकेका छौं र हामी महत्त्वपूर्ण परिणामहरू प्रदान गर्न तयार छौं,” अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सेन साभेटले भने ।

इरानले रुसलाई युक्रेन विरुद्धको युद्धमा प्रयोग गरेका सयौं मानवरहित यान (ड्रोन)हरू यसअघि नै उपलब्ध गराइ सकेको छ । रुसले इरानको सहयोगमा देशमा मानव रहित यान (ड्रोन )उत्पादन गर्ने सुविधा निर्माण गरिरहेको सिएनएनले समाचार प्रकाशित गरेको छ

प्रतिक्रिया