अमेरिका – जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनले आजीवन सदस्यता वितरण सुरु गरेको छ।
सेप्टेम्बर एकमा एप्पलटनमा बसेको विस्कान्सन च्याप्टर बैठकले फाउन्डेशनको कामको समीक्षा गर्दै संगठन विस्तार तीव्र पार्ने निर्णय गरेको हो । बैठकबाट संस्थाको सदस्यता वितरण कार्यक्रमको सुरुवात गरिएको थियो । ५३ जनाले आजीवन सदस्यता लिएका थिए । बैठकमा एक सय भन्दा बढीको सहभागिता थियो । बैठक भव्य रुपमा सफल भएको बताउंदै केन्द्रीय प्रवक्ता लाल प्रसाद काफ्लेले सबैलाई धन्यवाद दिए । स्वस्फूर्त उपस्थित विस्कान्सनवासीहरुले फाउन्डेशनप्रति विश्वास देखाएको भन्दै यसबाट अभियानमा निरन्तर क्रियाशील हुन अझ बढि अभिप्रेरित गरेको बताए । आजीवन सदस्यता वितरण कार्यक्रमका संयोजन रामजी मरासिनी र फाउन्डेशनका केन्द्रीय कोषाध्यक्ष गोबिन्द श्रेष्ठले गरेका थिए ।
बैठकलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष डा. यादव पण्डितले संसारभरि रहेका प्रवासी नेपालीहरुलाई एकजुट गरी उनीहरुको सीप, अनुभव र श्रोत नेपालको विकासमा उपयोग गर्ने उद्देश्यले फाउन्डेशन स्थापना गरिएको बताए। उनले सबै नेपाली तथा नेपाली मूलका व्यक्तिहरु यसमा जोडिन सक्ने बताउंदै आजीवन सदस्यहरुलाई संस्थामा स्वागत गरे। “आजीवन सदस्य बने पछि संस्थाको स्वामित्व पनि हुन्छ। अब यो संस्थालाई अगाडी बढाउने जिम्मा पनि तपाईंहरुको हो,” उनले भने। उनले फाउन्डेशन कुनै दल विशेषसंग आबद्ध नरहेको तर नेपालमा लोकतान्त्रिक संस्कृति प्रबद्धन गर्न काम गरिरहेको जानकारी पनि दिए।
कार्यक्रमका विशिष्टि अतिथि तथा एनआरएनए एनसीसी अमेरिकाका निर्वतमान अध्यक्ष बुद्धि सागर सुवेदीले प्रवासी नेपालीहरुलाई एकजुट गर्ने फाउन्डेशनको उद्देश्यप्रति संसारभरि आकर्षण बढी रहेको बताए। उनले हाल एनआरएनएमा विवाद देखिएता पनि संस्थाको विधि विधान पालना गरेर अगाडी बढे छिट्टै यो विवाद टुंगिने विश्वास पनि व्यक्त गरे। नेपालमा पनि शाखाहरु रहेकाले फाउन्डेशनलाई भविष्यमा काम गर्न सजिलो हुने अपेक्षा व्यक्त गर्दै संस्थाको आजीवन सदस्यता लिएका सबैलाई बधाई र शुभकामना दिए।
कार्यक्रममा एनआरएन एनसीसी अमेरिकाका युवा उपाध्यक्ष अनुप खनाल, बोर्ड सदस्य दुर्गा तिवारी, एनसीसी अमेरिकाका निर्वाचन आयुक्त टुक प्रसाद रेग्मी, च्याप्टर अध्यक्ष राज कुमार हमाल, हरि बहादुर अधिकारी तथा पुर्व अध्यक्ष हरि राज खनाल , समाजसेवीहरु हरिहर पौडेल, दिनेश तिवारी, हेमलाल देवकोटा, राजेन्द्रमणी भण्डारी, यम नारायण लामिछाने लगायतको उपस्थिति थियो ।
जय नेपाल इन्टरनेसनल फाउन्डेशन विस्कान्सन च्याप्टरका अध्यक्ष प्रशान्त बन्जाडेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव जीवन भण्डारीले गरेका थिए भने उपाध्यक्ष शिव चपाईँ ‘विन्दु ’ ले स्वागत गरेका थिए ।
फाउन्डेशनको आजीवन सदस्यता लिनेहरुमा डा. यादव पण्डित, अग्नि चौलागाईं, लाल प्रसाद काफ्ले, यादव दाहाल, मधुसुदन ओली, रामजी मरासिनी, गोविन्द श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, गंगा मरासिनी, देवेन्द्र तिवारी, बुद्धि सुवेदी, भुमा सुवेदी, तिलमाया रेग्मी, टुक रेग्मी, अनुप खनाल, राजेन्द्रमणी भण्डारी, सन्दीप तिवारी, यम लामिछाने, राजकुमार हमाल, शिवप्रसाद चपाईं, दक्षिण दाहाल, प्रशान्त बन्जाडे, साधना रेग्मी, अन्जु बन्जाडे, जीवन भण्डारी, मधुरा रेग्मी, हरिहर पौडेल, शम्भु लामिछाने, इन्दिरा अधिकारी, हरिबहादुर अधिकारी, हरिराज खनाल, दुर्गा तिवारी, हेम देवकोटा, एनआर भुर्तेल, दिनेश तिवारी, नवराज सुवेदी, दामोदर पाण्डे, नविता भण्डारी, पुष्पराज सुवेदी, सुमन पाठक, खुसी अधिकारी, पुनम खनाल, मधु खनाल, सरस्वती शर्मा (सरु), बिशाल अधिकारी, सबिना अधिकारी गौतम, विशाल राना, सुजाता राना, मदन वयम्बु, महेन्द्र बस्नेत, निर्मला खडका बस्नेत, दिपक थापा तथा अमृता थापा रहेका छन् ।
प्रतिक्रिया