हमासले इजरायली रक्षाबल फिर्ता नभएमा सम्झौता नहुने अडान दोहोर्याएको छ ।
हमासले इजरायलसँगको युद्धविराम सम्झौतामा सहमत नहुने बताएको छ । गाजा भूभागबाट फिलाडेल्फी अक्ष-रेखा र रफाह पार-गमन सहित पूर्ण रूपमा फिर्ता हुने समावेश नभए सम्म वार्ता रोकिने जनाएको छ ।
हमासले विस्थापित प्यालेस्टाइनीहरूलाई उनीहरूको घरमा फिर्ता गर्न र इजरायलमा बन्धकहरूको रूपमा राखिएका प्यालेस्टाइनी कैदीहरूको आदानप्रदान गर्न पनि माग गरिरहेको छ।
“हामीलाई कुनै पनि दलबाट कुनै नयाँ कागजात वा प्रस्तावहरू आवश्यक पर्दैन। हामी नेतान्याहूका लक्ष्यहरू प्राप्त गर्न शून्यमा फर्कन वा दुष्ट चक्रमा जान अस्वीकार गर्छौं,” हमास राजनीतिक बिभाग (ब्यूरो)ले बिहीबार एक विज्ञप्तिमा जनाएको छ ।
प्रतिक्रिया