जुनार खेतीमा समस्या किसानहरू चिन्तित

इनेप्लिज २०८१ भदौ २० गते १०:२२ मा प्रकाशित

रुद्र बहादुर खड्का: सिन्धुली भाद्र २०-२०८१ भिरालो परेको पाखो बारीमा किसानहरुले लगाएका जुनारको बोटमा फल लागेको अवस्थामा यतिखेर सिन्धुलीका जुनार बगैचाहरूमा चुसाहा पुतली किरा (सुंडे पुतली) को प्रकोप रोगबाट किसानहरू चिन्तित भएका छन् । “जंगल जुनार सिन्धुलीको विकास आधार” भन्ने मूल नारा तत्कालीन जिल्ला विकास समिति सिन्धुलीले तय गरेको थियो । हिँउद याममा पाक्ने अहिले जुनारका बगैचाहरुमा गत वर्ष झैँ यस वर्ष पनि जुनारको दानामा सुडे पुतली किरा देखा परेको छ। गोलन्जोर गाउँपालिका वडा नं ४ तीनकन्याको किरांते, वडा नं ६ नाकाजोली, वडा नं. ५ रतनचुरा र कमलामाई नगपालिका वडा नं.३ चपौलीका बगैचाहरुमा सुंडे पुतली किराको प्रकोप फैलिए‌को पाइएको छ।

जुनार बगैचामा गतवर्षको तुलानामा यस वर्ष पनि छिट्टै सुंडे पुतली किरा लागेको गोलन्जोर गाउपालिका वडा नं. ६ नाकाजोलीका किसान ललित मगरले भने ” वैदेशिक रोजगारमा जानुभन्दा पनि आफ्नै गाउँठाउँमा बसेर सीपमूलक आयाआर्जनका कार्य गएनुपर्छ भन्ने उदेश्यले जिवीकोपार्जनको लागि सजिलो हुन्छ भनेर मैले जुनार खेती उत्पादन गर्ने पेसा अपनाएको छु।” यस प्रकोप किराले जुनारको दाना झारिदिने भएकाले हामी जुनार खेती उत्पादन गर्ने किसानहरुको धेरै बगैचामा हानी पुर्याउन सक्ने मगरको भनाई रहेको छ। गत वर्ष पनि सिन्धुलीमा जुनार उत्पादन गर्ने किसानका बगैचाहरुमा १५ प्रतिशतदेखि ५० प्रतिशत सम्म फल लागेको दानामा रस चुसेर नष्ट भएको हो। प्रकोपले झण्डै २करोड ६०लाख भन्दा बढी रुपैयाँ बराबरको जुनार बगैचामा फलेको दानामा नष्ट भएको जुनार उत्पादन कृषी सहकारी संघ सिन्धुलीका अध्यक्ष निर्मल कुमार रम्तेलले जानकारी दिए । त्यसैगरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई सिन्धुलीका प्राविधिक जहानबहादुर कार्कीले पालिकाका केही वडाहरुमा जुनारमा लाग्ने प्रकोप किराले हानी नोक्सानी नपुऱ्याउने बताए ।

सुंडेपुतली किराले साझ र विहानी पख रस चुस्ने गर्दछ। बिहानी पख झिसमिसेमा जुनारको बोटमा लागेको फलमा आउने गर्दछ । उज्यालो हुने बितिकै प्रकाशको डरले भाग्ने भएकाले सुंडेपुतली किरालाई नियन्त्रण गर्न नसक्ने कृषि प्राविधिक कार्कीको भनाई छ । हामीले सञ्चार माध्यमहरुमा सूचना प्रकाशन र प्रसारण गर्ने हो। किसानहरुले बगैचाहरुमा आगोको धुवा लगाउने बाहेक अरु कुनै विकल्प छैन। जुनारको दानमा गुलियो रस पस्न थालेपछी यसले क्षेती पुर्याउन सक्छ।किसानले डराउनु नपर्ने उनको ठम्याइ छ । सिन्धुलीका जुनार सुपरजोन परियोजना हालसम्म २ हजार २६५ जना किसानहरु आबद्ध रहेको कार्यालय तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया