अफगानिस्तानको राजधानीमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु, १३ जना घाइते

इनेप्लिज २०८१ भदौ १७ गते १७:३६ मा प्रकाशित

अफगानिस्तानको राजधानीमा सोमबार एक आत्मघाती बम आक्रमणकारीले गराएको आक्रमणमा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

काबुलको दक्षिणपश्चिमी काला बख्तियार छिमेकमा विष्फोट भएको काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जाद्रानले बताए ।

मृत्यु हुनेमा एक महिला समेत रहेको र १३ जना घाइते भएका सबै सर्वसाधारण नागरिक रहेको उनले बताए । घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको छ ।

प्रहरीले अनुसन्धान भैरहेको छ भने बम विस्फोटको तत्काल कसैले जिम्मेवारी लिएको छैन। सत्तारुढ तालिवानको प्रमुख प्रतिद्वन्द्वी इस्लामिक स्टेट समूह(आइएसएस)को सम्बद्ध समूहले यसअघि देशभरका विद्यालय, अस्पताल, मस्जिद र शिया क्षेत्रहरूमा आक्रमण गरेको छ।

तालिबानले अगस्त २०२१ मा अफगानिस्तानमा २० वर्षपछि अमेरिकी र नेटो सेनाको प्रस्थानको क्रममा सत्ता कब्जा गरेको थियो । प्रारम्भमा थप उदारवादी प्रतिज्ञाको अतिरिक्त तालेबानले बिस्तारै इस्लामिक कानून लागू गरेका छन् ।

उनीहरुले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानको आफ्नो अघिल्लो शासनको समयमा लगाएको कानुन झै कडा शासन लागू गरेको एबिसी एपीले जनाएको छ ।

प्रतिक्रिया