इजरायलमा सरकार बिरुद्ध राष्ट्रब्यापीरुपमा बिरोध प्रदर्शन तथा आम हड्ताल सुरु भएको छ भने साँझ सम्म बिरोध प्रदर्शन जारी रहने श्रमिक संगठनले जनाएको छ ।
इजरायलमा भएको राष्ट्रव्यापी हडताल साँझ ६ बजे समापन हुनेदेशको सबैभन्दा ठूलो श्रमिक संघका प्रवक्ताले सिएनएनलाई बताए । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको बिरुद्ध प्रदर्शनकारीहरुले आक्रोस व्यक्त गरेका छन् ।
इजरायलभरि सडकमा उत्रिएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको गठबन्धन सरकारलाई बन्धक सम्झौता सुरक्षित गर्न दबाब दिने उद्देश्य राखेका छन्।
नेतान्याहुलाई “इजरायलका अतिवादी समूहहरूले” दबाब दिएको बताईएको छ । प्रदर्शनकारीहरुले एक ८० बर्षिय हजुरआमा समेत बन्धक भएकोले सरकार नीति देखि र हमाससंग युद्ध बिराम सम्झौता गर्न क्रोधित हुदै सरकार बिरुद्ध उग्र नारा सहित धर्ना समेत दिएका छन्
इजरायली सरकार गाजाबाट अन्य बन्धकहरूलाई फिर्ता ल्याउने सम्झौतामा सहमत हुन असफल भएकोमा आलोचना गरेका छन् ।
इजरायलको सेनाले गाजामा मारिएका छ जना बन्धकहरूको शव फेला पारेपछि इजरायली प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार इजरायली सेनाले ३५ जना मारिएको हुन् सक्ने सहित गाजा क्षेत्रमा बन्दीहरूको संख्या १०१ पुगेको सिएनएनले जनाएको छ ।
ती संख्यामध्ये ९७ जनालाई अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा बन्धक बनाइएको थियो। अक्टोबर ७ अघि गाजामा चारजना बन्धक बनाइएको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार ती मध्ये दुई जना इजरायली सेवा सदस्य समेत मारिएका थिए ।
आम हड्तालको कारण हवाईअड्डाका प्रवक्ताका अनुसार तेल अवीवस्थित इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानहरू सुचारु भइरहेका छन्।
गाजा अन्तर्गत हमासको सुरुङमा छ जना बन्दीहरूलाई मारेको सार्वजनिक आक्रोशपछि देशको सबैभन्दा ठूलो श्रमिक युनियन हिस्टाद्रुटले आह्वान गरेको राष्ट्रव्यापी हडतालको भागको रूपमा बिहान ८ बजे सुरु भएको र साँझ सम्म रहने चल्ने जनाईएको छ ।
प्रतिक्रिया