बिगत ३ दशक देखि नेपाल देखि नै मुख्य तथा बिभिन्न चाडपर्व,उत्सव लगायतमा हजारौ कलाकारहरुको तस्बिरहरु कैद गर्दै आएका राजीव श्रेष्ठले अमेरिकामा पनि आफ्नो पेशालाई निरन्तरता दिई रहेका छन् ।
मेरिल्याण्ड राज्यमा बसोबास गर्दै आएका श्रेष्ठले नेपाली महिलाहरुको महान चाड तीजको उपलक्ष्यमा तस्बिरहरु कैद गरेका छन् । बिगत बर्ष देखि नै तीज पर्वमा समुदायका सबै प्रकारका महिलाहरुलाई प्राथमिकता दिदै क्रमस फरक फरक महिला दिदीबैनी र चेलीबेटीहरुको तीजका पोशाकमा सजिएकाहरुको सुन्दर तस्बिरहरु कैद गर्दौ आएकोमा यस बर्ष पनि उनले त्यो क्रमलाई निरन्तरता दिएका छन् ।
यसपाली ३ पटक बिभिन्न महिला/युवतीहरुका तस्बिरहरु कैद गर्ने क्रममा मोडल(नमुना) एलिन प्रधानको तस्बिर श्रेष्ठले मेरिल्याण्ड स्थित फोटो बैंक स्टुडियोमा कैद गरेका छन् ।
साथै श्रेष्ठले नेपालबाट आएका कलाकार ,बिशेष ब्यक्त्तित्व तथा अमेरिकामा उदाउदो प्रतिभाशाली कलाकार ,मोडल(नमुना)हरुलाई पनि स्थान दिदै उनीहरु भित्र रहेको निहित प्रतिभालाई उजागार गर्ने र कलाकारितालाई माथि उठाउने प्रयासमा सदैव काम गरि रहेका छन् ।
यो उनको दोश्रो तस्बिर कैद गरेका तस्बिरहरु हुन् ।
प्रतिक्रिया