अमेरीकामा जनै पुर्णिमा तथा रक्षा वन्धन कार्यक्रम सम्पन्न

इनेप्लिज २०८१ भदौ १६ गते १०:५० मा प्रकाशित

हाम्रो संस्कार र संस्कृतीको विदेशी भुमिमापनि रक्षा गर्दै भावी पुस्ताहरुमा हस्तान्तरण गर्नु पर्दछ भन्ने उद्धेश्य राखी विगत डेढ दशक देखी डिसी नेपाली समाजले गर्दै आएको रक्षा बन्धन, जनै पुर्णिमा तथा राखी वाँध्ने कार्यक्रम नेपाली अमेरीकन सामुदायिक केन्द्रलाई समेत साथमा लिई यस वर्ष पनि भव्य र सभ्य रुपमा सम्पन्न गरेको छ । उक्त जनै पुर्णिमा तथा रक्षावन्धन कार्यक्रम अगष्ट १९, का दिन अमेरीकाको भर्जिनिया राज्य स्थित दुर्गा मन्दिर, फेय रफ्याक्समा भव्यताका साथ सम्पन्न भएको थियो । डिसी नेपाली समाजका अध्यक्ष तथा अमेरीकन सामुदायिक केन्द्रका वोर्ड अफ ट्रष्टीका सभापती अरुण रुपाखेतीको संयोजन गर्नु भएको उक्त कार्यक्रममा डिसी मेट्रो क्षेत्रमा बसोवास गर्ने करीब २००० भन्दा धेरै नेपाली जनसमुदायको उपस्थिती रहेको थियो । जनै पूर्णीमाको दिन विहान ७ बजे देखी वेलुका ८ बजे सम्म तय गरीएको उक्त कार्यक्रममा संस्थाका स्वयंसेवकहरुले विहानै देखी खटेर हलुवा, पुलाउ तथा क्वाटीको व्यावस्था गर्नुभएको थियो ।

आयोजकका अनुसार राखी, रक्षा वन्धन र जनै पुर्णिमाको यस प्रकारका कार्यक्रमले हिमाल, पहाड र तराई क्षेत्रका नेपाली समुदाय विच जात, धर्म, संस्कृत विच भेदभाव नराखी, एउटै मालामा गाँसीरहने कार्यमा सहयोग पुर्याउने छ । त्यसैले यस्ता कार्यक्रमहरु हामीले निरन्तर गरी नै रहनु पर्ने हाम्रो दायित्व हो ।

उक्त कार्यक्रममा सहायता पुर्याउने सम्पुर्ण सहयोगीहरुलाई संस्थाका अध्यक्ष रुपाखेतीले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

प्रतिक्रिया