हिन्दुधर्म र संस्कृति भित्रको हरितालिका तीजले प्राग ऐतिहासिक कालदेखि अहिलेसम्म पनि सामाजिक र सांस्कृतिक महत्व राख्ने पर्वको रूपमा चिनिन्छ । हरितालीका तीजसँग नेपाली जनताको जनजीवन र दिनचर्यासँग जोडिएको भावनात्मक सम्बन्ध र उमङ्गता छ । यो ऐतिहासिक सांस्कृतिक, सामाजिक, मनोवैज्ञानिक,कृषि,पर्यावरण र पारिवारिक आयामहरुसँग अनेकौं प्रकारले गहिरिएर जोडिएको भावनात्मक तथा प्रगाढ सम्बन्ध छ ।
शिव,पार्वती,गणेश,कुमारसँग जोडिएका,सिहं,मुसो,मयुर,बसाहा र पसुपन्छी,सर्प,त्रिशूल,डमरु, जटा,गङ्गा ,नन्दी र भिरुङ्गीको आदिको समन्वय र भातृत्व प्रेमभित्र प्रकृति र पर्यावरण मानिसको लागि नभइ नहुने विषय हुन भन्ने बझाउन खोजेको छ।
यो पर्व नेपाली समाजमा विवाहित महिलाका निमित्त विशेष सम्बन्ध राख्ने,नयाँ घर परिवारको संरचनाभित्रको प्रवेश,प्रवेशपछिको सम्बन्ध,परिचय, पहिचान,स्थान,मान सहित माइतीसँगको सम्बन्धलाई प्रगाढ बनाउने भावनात्मक पक्षलाई ऐतिहासिक प्रचलनको रूपमा गाँसिनु तीजको विशेषता हो ।
तीजले एकै रक्त सम्बन्ध र फरक रक्तसम्बन्ध विचको पहिचानलाई अघि बढाउन,सम्बन्धको महत्त्व बुझाउन ,सम्बन्धले पुस्तान्तरणको महत्त्व बुझाउन,सामाजिक सद्भभाव कायम गर्न र मानवीय मूल्य मान्यता को मान राख्न महत्वपूण भूमिका खेलेको देखिन्छ ।
हरितालिका तीजसँग गाँसिएको प्राचिन सत्य युगका शिव र पार्वतीको विवाहसँग गाँसिएको दुबैको संघर्षपूर्ण जीवन कथाका रुपमा बुझ्ने बुझाउने चलन नै प्रमुख रुपमा देखिएको छ । त्यस बेलाको समाज, समाजको विकाशक्रम भिन्न भिन्न जाती, समूहहरुका आ–आफ्ना रीतिरिवाजहरुको मान्यता मान्ने क्रमको त्यो परम्परागत सांस्कृतिक रीतलाई आधार मान्दै क्रमिक रूपमा चलन चल्दै गयो ।
आर्य, किराँत, आष्ट्रिक, द्रविड आदि जस्ता भिन्न भिन्न जाती समूहका मुलका मानिसहरुको आ–आफ्नै रिवाजहरु चलन पनि सांस्कृतिक पक्षसँग जोडिंदै पर्वको रुपमा कायम थिए,हुँदै पनि थिए । ।
परिवार र राज्य बन्ने कालखण्डमा एक समूहले अर्को समूहको शिकार गर्ने समयमा रीवाज त अर्कोको लागि मान्यहुने कुरै भएन । भावनात्मक सम्बन्धको निकटता नभएको अवस्थामा कसैको लागि पनि विश्वासिलो वातावरण थिएन । एक अर्का जातीको परस्परको युद्ध बर्षौं चल्दथ्यो ।कसैलाई कसैको अस्तित्व स्वीकार्य हुँदैन थियो । चेतनाको विकाश भएका थोरै व्यक्तिहरुमा पनि मित्रवत वातावरण र सदभावका कुरा गर्ने वातावरण थिएन ।एउटै समुहमा पनि एउटा विचार समूहका व्यक्तिहरु थोरै हुन्थे । त्यो मध्ये पनि जाम्वुदिपको पश्चिम क्षेत्रतिर रहेका आर्य जातीका दक्षप्रजापति आफ्नो जाती समूहलाई निकै सव्य सुसंस्कृत ठान्दथे ।
दक्षकी छोरी सतीदेवी तात्कालिन हिंसा युक्त समाजमा मातृत्व,भातृत्व र सहिष्णुता सहितको मानवता चाहान्थिन् । सतीदेबीले त्यस्तो शक्ति पूर्वी हिमाली भेगतिरको अनकन्टारमा बस्ने अनार्य ( मंङोल)जातीका शिवसँग देखेकी थिइन् ।
शिवसँग भएको शिवको ज्ञान ध्यान,तन्त्र,मान्त्र,योग, नृत्य,शास्त्राश्त्र आदिले त्यो समाजमा वर्चस्व कायम राखेको देखिन्छ । त्यो दक्षता र मानवताले तात्कालिन समाजमा सन्तुलन कायम गर्दै सुसंस्कृत समाज निर्माणमा महत्वपूर्ण भूमिका राख्छ भन्ने विषयले सतीदेवीलाई निकै गम्भीर बनाएको थियोे ।
दक्षप्रजापतिले आफुलाई शक्तिशाली ठान्छे । आफुले भनेको देवताले पनि मान्नुपर्छ भन्ने मान्यता बोकेेको कारण शिवलाई आफ्नो ज्वाइँ स्विकारेनन् ।
पिताले पतिलाई गरेको अपमान सहन नसकेर सतीदेवीले यज्ञकुण्डमा होमिएर आत्मदाह गरेको र शिवले सहन नसकेर शिवले जलेर मरेको सतीको शरीर बोकेर भौंतारिँदै, विलाप गर्दै विरक्तिएर कैलाश पसेकोमनुष्य लोकमा पुन हत्या हिंसा र बलात्कार बढ्यो । यस्तो अशान्तिपुर्ण वातावरणले हिमालयकी पुत्री पार्वतीलाई संवेदनशील बनायो । सतीले गरेको प्रयासलाई निरन्तरता दिन प्रयत्न गरिन् ।
( पुनः जन्म लिई पुन शिवसँग पार्वतीको नामले ठूलै तपस्या गरी विवाह गरेको पौराणिक किम्बदन्ती अझै नेपाली समाजमा ताजै झैं छ ।) पार्वतीका पिता पार्वती र शिवको विवाहको विपक्षमा थिए ।दक्षप्रजापतीको स्वीकृति नहुँदा नहुँदै सतीदेवीको विवाह शिवसँग भएको कारण पार्वतीले शिवसँग विवाह गर्ने निधो संगिनीहरुको साथ लिएर गरिन ।
सखीहरुले पार्वतीको हरण गरेर शिवसँग विवाह गराएको कारण नै
(शिवलाई पतीका रुपमा स्वयं वरण गरिन्)
हरितालिका नाम रहेको कुरा तीज पर्वको ऐतिहासिक तथा धार्मिक कथाले पुष्ट्याउँछ ।
तिनै सतीपछिकी सतीकी सखी पार्वतीलाई आर्यमुलको वैदिक समाजले पुज्यदेवीहरु मध्ये अग्रस्थानमा राखेर ‘प्रथमम् शैलपुत्री च” भनेर मानेको छ भने किराँत समुदायले पार्वतीलाई सुम्निमा र शिवलाई पारुहाङ्गका रुपमा मान्दै आएको देखिन्छ ।
यसरी हेर्दा तीजपर्वले अन्तरजातीय विवाह, सामाजिक सदभाव, धार्मिक सांस्कृतिक महत्त्व जोडिएको पर्व हो अर्धनारेश्वर शिव र पार्वतीको समान पहिचान स्थान मान र मर्यादाको प्रतिकका रुपमा स्थापित रुप वा पहिचान भएको अर्को महत्वपूर्ण विषयका रुपमा समाजमा स्थापित गरिएको कार्य हो । यो पक्ष अहिले ह्रास हुँदै गएको छ ।
यो भिन्न वंश र मुलुकका मानव समुदायमा साँस्कृतिक, अस्थित्व सहितको विलिनीकरण, विश्वास र मैत्रीपुर्ण सम्बन्धको विकासका रुपमा जोडिएको छ।
माता च पार्वतीदेवी पिता दवो महेश्वरः
वान्धव वा शिवमआश्रम स्वदेशो भुवनत्रमम् ।।
(आमा पार्वती र बुबा शिवका रुपमा)
यो पर्वले शिवभक्त मानवजातीको एकता र बन्धुत्वका रुपमा तिनै लोकको सम्बोधन गरेको देखिन्छ । तीजको लगतै पश्चिम नेपालका विभिन्न जिल्लामा मनाईने गौरा पर्वको सम्बन्ध पनि हरितालिका तीजसँगै जोडिएको छ । गौरा पर्वमा पार्वतीले सामाजिक सद्भभाव जोगाउन आफ्नो स्वेच्छाले शिवलाई पति वरण गरेको सन्दर्भ जोडिएको छ ।
यो ऐतिहासिक घटनाले महिलाको स्वतन्त्रता, स्वनिर्णय र पहिचानसँगको सम्बन्ध जोड्न र चाडपर्व मनाउने चलन चलाउनु पर्ने पनि देखिन्छ ।यो मौसम प्राय सबै प्राणी र वनस्पति जातीको प्रजनन क्षमता बढी भएको रसिलो भरिलो,हँसिलो समय हो । मानिसको मन मस्तिष्कमा त्यो मनोवैज्ञानिक पक्षले प्रभाव पारेर मुस्कान भरिएको हुन्छ ।वरिपरिको रमणीय प्राकृतिक सौन्दर्यसँग मानिसको भावनाले प्रत्यक्ष सम्बन्ध प्रभाव छोडेको कारण पनि यो समय रोजियो ।
हिन्दुहरुका प्राय हरेक पर्वहरू व जोडो याममै पर्दछन् । यसको छुट्टै वैज्ञानिक कारण हुन सक्दछन् । तर वर्षाको कृषि लगायत बाडी र काम सकिएपछि रित्तिएको वेलाको नयाँ अनाजको खानपिन सजिलो बनाउनाले पनि यो महिना रोजीएको देखिन्छ ।
तीजको सन्दर्भ शिव,सती, पार्वतीसँगै कृष्णअष्टमीस पनि जोडिन्छ । विष्णुले शिवको विवाहमा महत्त्वपूर्ण भुमिका खेलेको कारण कृष्णको जन्मदिनको दिनबाटै चेलिबेटी बोलाई तीज बनाउने प्रचलन पनि नेपाली समाजमा प्रसस्तै पाईन्छ । यो लुम्बिनी प्रदेशको प्रचलन हो तीजको सन्दर्भसँग जोडिएर लुम्बिनी अञ्चल अर्घाखाँची खिदिमका महापण्डित दधिराम मरासिनीले गरेको पाइन्छ ।
सिंगो दक्षिण एसिया बहुजातीय भएकोले भोगाइको आधारमा विभिन्न जातिका फरकफरक देवता हुँदा ३३ कोटि पुगेको ,मानसम्मानको समस्या आएको कारण घटाउन गरेको प्रयत्न र अभियान ( ‘गणेश, विष्णु, शिव, सूर्य, काली’) यी पाँच देवता (पाञ्चायन देवता) लाई सबैका साझा देवता बनाउने प्रयत्न चल्यो ।
शिव,सती र पार्वतीको महिमा भित्र मानविय मान,सम्मान सहित महिला र पुरुषको सहअस्तित्व सहितको सहकार्य, पर्यावरण ,शान्ति र,सुरक्षा सहितको सामाजिक,सांस्कृतिक सद्भाव कायम राख्न महिलाको विशेष भुमिका रहेको कुरा बुझाउन खोजिएको र समस्त मानवजातीले बुझ्नु जरुरी छ ।
पछिल्लो कालखण्डमा पटक पटक मुसलमान जातीले हिन्दु जातीमाथि गरेको आक्रमणमा हिन्दुहरुले छोरीहरुको कुमारीत्व जोगाउन एक वर्षभन्दा मुनि नै सिन्धु र पोतेले सजाइ रक्षा गर्ने सुरक्षाको प्रचलनसँग पनि सम्बन्ध राखेको देखिन्छ ।
सानै उमेरमा विवाह गरेक चेलीहरू बोलाउजे र मीठो मसिनो र पोसिलो खुवाएर हरितालिका व्रत मार्फत पुन घर, परिवार र पति पत्निको सम्बन्धको सम्बन्धमा जोड्न खोजिएको देखिन्छ ।
हरितालिका तीजको आफ्नै ऐतिहासिक,सांस्कृतिक ,पर्यावरणीय कृषि र पारिवारिक महत्व छ ।
आधुनिकता भित्र फेसन र आडम्बरको रुपमा शहरका होटल, पाटी प्यालेसमा भट्किलो र खर्चिलो बनाउने प्रचलनले आम्दानी भन्दा खर्च बढ्ने,मन्दी बढ्ने,मुद्रा विदेशीने कारण सकेसम्म महिलाहरुले नै त्याग्न सक्नु पर्दछ ।
सिंगो दक्षिण एसिया बहुजातीय भएकोले भोगाइको आधारमा विभिन्न जातिका फरकफरक देवता हुँदा ३३ कोटि पुगेको ,मानसम्मानको समस्या आएको कारण घटाउन गरेको प्रयत्न र अभियान ( ‘गणेश, विष्णु, शिव, सूर्य, काली’) यी पाँच देवता (पाञ्चायन देवता) लाई सबैका साझा देवता बनाउने प्रयत्न चल्यो ।
तीज लगायत हरेक पर्वलाई पारिवारिक सम्बन्धभित्र जोड्नसक्नु पर्छ । यस्ता विकृतिले धार्मिक,सास्कृतिक र ऐतिहासिक मौलिकता नष्ट भइ समाजमा कम्जोर नागरिकलाई चाडवाड र सस्कृति मनाउने, सुख दुःख साट्ने प्रचलनमा दरार सिर्जना भई विभेदको अर्को रुप विकाश हुन सक्छ ।यस्ता विषयमा विचार नपु¥याए समाजमा विभिन्न प्रकारका अपराध पूर्ण घटनाले प्रश्रय पाउँछ ।
विषय विज्ञानलाई विश्वास गर्ने पढेलेखेका महिलाहरुले यस्ता धार्मिक सांस्कृतिक महत्वका चाडपर्व मनाउँदा विशेष होस पु¥याउनु उत्तम हुनेछ । देशको अर्थतन्त्र धरापमा परेको समय विदेशी बस्त्र,पाटीप्यालेसको खानपिन निकै भड्किलो र अपारदर्शी देखिन्छ ।
प्रतिक्रिया