मेरो देश नेपाल छ जहाँ यो मन उतै छ
रात दिन पर्दा खटिनु छ सुख दु:खमा साथ छ
हाम्रो जितको समय धेरै नजिक छ
सँगै हिड्दा सुखको मुहार फैलिन्छ
यो देशलाई हसाउन मेरो प्रयास जारी छ
यो गाउँ यी बस्ती अझै सुन्दर लाग्छ
विपती बाट सबैलाई नयाँ दुनियाँ देखाउनु छ
यी प्रभातका सुनौला किरणले केही बात गरेको छ
सबै मिलौ हातेमालो गरौ नयाँ नेपाल बन्छ
उस्तै रहनेछैन समय फेरि बदलिने छ
कहिले हार मान्दैन मेरो देश दुनियाँले चिन्ने छ
फेरि पनि यो देश मुस्कुराउने छ
परिश्रमी हातहरुले देश बनाउनु छ
देशको लागी सबैमा एकता हुनुपर्छ
यो देश,यो माटाे यहि बस्नु छ
विकासको लागि नयाँ नयाँ बाटो रोज्नु छ
गोबिन्द राज ओझा (राजन )
दिपायल सिलगढी न.पा.२ दिपायल डाेटी
प्रतिक्रिया