अमेरिकाको जर्जीया राज्यको एटलान्टा शहरमा बिश्व प्रसिद्ध नेपाली मूलका प्रमुख भान्से सन्तोष शाहले पकाएका खाना खान नेपाली ग्राहकहरुको घुइँचो लाग्नुको साथै ३० जना आएका ग्राहक फर्कन बाध्य भए।
साथै उनलाई नेपाली समुदायले सम्मान समेत गरेका छन् । उनले त्यहाँ ९ परिकारका अद्वितीय खाना पस्के । एक पछि अर्को गर्दै विविध परिकारका खाना नेपाली समुदायले प्रेमपूर्वक खाना खानुको साथै अत्यन्तै स्वादपूर्ण आनन्दको अनुभुति गरेको शाहको कार्यक्रममा सहभागी भएका समाजसेवी राजा घलेले इनेप्लिजलाई बताए ।
घलेले दंग पर्दै भने ,जीवन मै उत्कृष्ट खाना मध्ये कै एक भएको र सबैले मनोरंजन गर्दै मीठो र स्वादिलो भएकोमा शाहलाई धन्यबाद दिएको बताए । आयोजना गरिएको चमेनागृह भरिभराउ भएकोले ३० जना फर्कनु परेको बताए ।
गत अगस्त २४ मा अमेरिकाको एटलान्टा स्थित मुन रेस्टुरेन्ट(चमेनागृह) मा शाहले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा सहभागीलाई प्रति व्यक्ति १७५ डलर राखिएको थियो ।
कार्यक्रमको सुरुवातमा चमेनागृहका संचालक सूर्य लम्सालले सबै आगुन्तुकलाई स्वागत गरेका थिए । त्यस्तै प्रत्येक क्रममा आउने खानाको परिकारको बारेमा कशिश दास श्रेष्ठले बताएका थिए ।
अन्त्यमा उत्तर र दक्षिण अमेरिकाको लागि हामी नेपाली ग्लोबलका मानार्थ दूत तथा सामाजिक अभियन्ता राजा घलेले शाहलाई सम्मान स्वरुप मायाको चिन्हो प्रदान गरेका थिए ।
विश्व विख्यातको हातबाट बनाएको ताजा,स्वादिस्ट र स्वस्थ खाना खान पाउनु हामी सबै भाग्यमानी हौ ,घलेले शाहलाई भने ।
घले राजाले २०२१ मा बिबिसीले आयोजना गरेको खानाको प्रतिस्प्रद्धामा भाग लिएर बिजयी भएको र नेपाली खानालाई विश्व बजारमा परिचित गराउन सफल व्यक्तित्व शाहलाई बधाई र शुभकामना दिदै सम्पूर्ण उपस्थितलाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया