लक्ष्मी रेग्मी ,स्वास्थ्य परिचारिका,फेयरफ्याक्स, भर्जिनिया
महिलाको ठूलो चाड आछ गाउंघर चोकमा,
हाम्रो समाज डुबेको छ ठूलो शोकमा ।
यो अप्रिय घटना हो भर्जिनिया तिरको,
छोरी हुने बाउ-आमालाई सार्है पिंडा भो ।।
कसलाई के थाहा जीवनमा के के भोग्नुपर्ने हो,
पूरै जीवन बांचिन्छ कि बिचमै मर्ने हो।
रोग लागेर मरे बरू हुन्थ्यो चित्त बुझाउन
रक्षक आयो भक्षक बनी मुटु चुंडाउन ।।
पाले पुन्य मारे पाप् भन्दै छोरी दिएको,
त्यही दुष्टले अकालमै ज्यान लिएको ।
सात समुन्द्र पारि छन् आमा-बुवा दाजु भाई,
स्तब्ध नै पारिदियो विश्व जगत्लाई ।।
ज्ञान, शिक्षा, शिष्टाचारले भरिपूर्ण नारीलाई,
अकालैमा जीवन त्याग्नु रहिछ बरिलै।
काखमा रहिछन् नाबालिका त्यो मुटुकी टुकुरी,
बांच्ने थिइन् कि भाग्न भ्या भए उसलाई धकेली।।
पत्याउन नी गारो छ यो अपृय घटना,
बाबु-आमा बेहोशमै छन् उता नेपालमा,
रून मन छ आमासंगै अंगालोमा बेरेर,
मन बुझाउनु नातिनीको मुख हेरेर ।।
यो घट्नाले घेरैले पाठ सिक्नुपर्दछ,
अपराधी त जेलमै सडी मर्नु पर्दछ।
एकछिनको अनियन्त्रित रिश अनि रागैले,
पुरै जिवन ध्वस्तै हुन्छ बुझौं सबैले।।
तन-मन मिले सहयात्रा संगै गर्दा सार छ,
असहजमा छुट्टै जिउने अधिकार छ ।
आफ्नो जीवन नटुंग्याऊं समाजको डरमा,
चेतना जगाऊं नारी शक्ति घरघरमा।।
नकरात्मक सोच् आएमा मानसिक तनाव् भई,
निःशुल्क को काउन्सेलिंग सेवा लिनु होइ।
आठ सय, सात सय उनान्सय, बहत्तर तीन-तीन मा (800-799-7233).
फोन गर्नु है सुझाव दिन्छन् एकै छिनमा।।
पहुंच, अनि धनी- गरिब नछुट्याउं है सेवामा,
यो कुरालाई लाउड भ्वाइस् मै भन्छु आज म।
प्रत्येक काममा राजनितिको गन्ध आउंछ खै किन?
यी बिकृति चिरफार गर्नै पर्छ एकदिन।।
जोगाऊं सबको गोप्नियता, इज्जत, अनि भावना,
यो समाजमा सुधार आओस् शुभ कामना।
पिडितलाई माया, सद्भाव देखाई राखौं खुशमा,
न्यायधिश नै नबन्दिऊं है उनको दुःखमा।।
समाजका हिंशा, अनि शोषण बन्द गराउन,
कस्तो सहयोग गर्न सक्छु तयार छु है म।
ममतालाई न्याय मिलोस्, सबको मनमा चेत आओस्,
कसैलाई दोश्रो ममता बन्नु नपरोस्।।।
प्रतिक्रिया