पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरूले सवारी साधनबाट लगेका दर्जनौं व्यक्तिको हत्या गरेका छन् ।
दक्षिणपश्चिम पाकिस्तानमा बन्दुकधारीहरूले सोमबार दुई अलग-अलग आक्रमणहरूमा कम्तिमा ३१ व्यक्तिको मृत्यु भएको छ । सुरक्षा बलहरूले १२ विद्रोहीहरूलाई मारेका छन् ।
बलुचिस्तानको मुसाखिल जिल्लामा यात्रियान र मालबाहक गाडी (बस र ट्रक)बाट पहिचान गरी लगेपछि २३ जनालाई गोली हानी मारिएको वरिष्ठ प्रहरी अधिकारी अयुब अचकजाइले बताए। आक्रमणकारीले भाग्नुअघि कम्तिमा १० वटा गाडीमा आगजनी गरेका थिए ।
एक छुट्टै आक्रमणमा, बलुचिस्तानको कलात जिल्लामा पनि बन्दुकधारीहरूले चार प्रहरी अधिकारी र पाँच यात्रुहरू सहित कम्तिमा नौ जनाको हत्या गरेको , अधिकारीहरूले बताए ।
प्रतिक्रिया