बोइङको स्टारलाइनरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) गएका एक भारतीय मूलकी सहित दुई अन्तरिक्ष यात्रीहरू प्राविधिक गडबढीको कारण अर्को वर्ष अन्तरिक्ष यानमा पृथ्वीमा फर्कने नासाका अधिकारीहरूले शनिबार घोषणा गरेका छन् ।
नासाले बोइङको स्टारलाइनर अन्तरिक्ष यात्रीहरू अर्को बर्षको फेब्रुअरीमा विभिन्न अन्तरिक्षयानमा पृथ्वीमा फर्किने बताएको छ । अन्तरिक्ष यात्रीहरू लाई सुरुमा करिब एक हप्ताको लागि अन्तरिक्षमा रहन भनिएको थियो।
नासाका अनुसार अन्तरिक्ष यात्री ब्यारी “बुच” विल्मोर र भारतीय मूलकी सुनिता “सुनी” विलियम्स, जसले स्टारलाइनरको पहिलो चालक दलको परीक्षण उडान गरेका थिए। अब उनीहरु फेब्रुअरी २०२५ मा स्पेस-एक्स क्रु ९ मा फर्किने बताईएको छ । बोइङ स्टारलाइनर बिना चालक दलको छुट्टै उडानमा फर्किने नासाले बताएको छ ।
“बुच र सुनीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन(अखडा)मा राख्ने र बोइङ स्टारलाइनरलाई घरमा ल्याउने निर्णय सुरक्षाप्रतिको प्रतिबद्धताको परिणाम हो,” नासाका प्रशासक बिल नेल्सनले एक पत्रकार सम्मेलनमा भने।
विल्मोर र विलियम्सले जुन ५ मा यात्रा सुरु गरेका थिए र तिनीहरू मूल रूपमा आईएसएसमा एक हप्ताको लागि मात्र हुने र जुन १४ मा फर्किने तालिका थियो।
बोइङका एक प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले “पहिलो र मुख्य कुरा, चालक दल र अन्तरिक्ष यानको सुरक्षामा ध्यान केन्द्रित गर्न जारी राखेको छ।” जनाएका छन् ।
“हामी नासाद्वारा निर्धारित लक्ष्य (मिसन )कार्यान्वयन गर्दैछौं, र हामी एक सुरक्षित र सफलफिर्ताको लागि अन्तरिक्ष यान तयार गर्दैछौं,” बोइङले बिज्ञप्तिमा भनेको छ
नासाका अधिकारीहरूले विल्मोर र सुनीले आईएसएसमा समय बिस्तार हुँदा विज्ञान प्रयोग, मर्मतसम्भार र केही अन्तरिक्षमा हिडाईहरूमा सहयोग गर्ने बताएका छन्।
एबिसीन्यूजका अनुसार अन्तरिक्ष यान प्रक्षेपण अघि नै समस्याहरूले ग्रस्त थियो। उडान परीक्षण मूल रूपमा मे ६ को लागि निर्धारित गरिएको थियो। नयाँ प्रक्षेपण मिति गत मे २५ को लागि तय गरिएको थियो तर एउटा सानो हेलियम चुहावट फेला परेको थियो।
नासा र बोइङले अन्तरिक्ष यानले पाँच “साना” हिलियम चुहावटको अनुभव गरिरहेको बताएका थिए । त्यस समयमा फिर्ती आउनेको लागि पर्याप्त हीलियम उपलब्ध भएको बताएका थिए ।
प्रतिक्रिया