हेजबुल्लाहले इजरायलमा ३०० भन्दा क्षेप्यास्त्र सैन्य स्थानहरूमा प्रहार गरेको दाबी गरेको छ । यसै बीच इजरायलले लेबनानी नागरिकहरूलाई खतराको चेतावनी दिएको छ ।
हेजबुल्लाहले आइतबार बिहान इजरायल र गोलान हाइट्स भित्रका ११ सैन्य स्थानहरूमा ३२० भन्दा बढी रकेट(प्रक्षेपास्त्र) प्रहार गरेको दाबी गरेको छ।
नभेह जिभ, रामोत नफ्ताली र जौरामा रहेका ब्यारेक(सैन्यवास)हरू पनि लक्षित स्थलहरू भएको हेजबुल्लाहले बताएको छ ।
इजरायलले लेबनानी नागरिकहरूलाई खतराको चेतावनी दिँदै हेजबुल्लाहलाई आक्रमण गरेको छ ।
इजरायली वायुसेनाले दक्षिणी लेबनानभरि स्थानहरूमा आक्रमण गर्न “दर्जनौं” विमानहरूद्वारा आक्रमण सुरु गरेको छ । इजरायलले आतंककारी संगठन हेजबुल्लाहलाई कडा आक्रमण गर्न” जारी राखेको छ ।
“इजरायलको वायु रक्षा प्रणाली, नौसेना जहाजहरू र वायुसेनाका विमानहरू देशको आकाश माथि रक्षा अभियानमा रहेको एबिसीन्यूजले जनाएको छ ।
खतराहरू पहिचान गर्न, रोक्ने र लेबनानमा जहाँ भए पनि आक्रमण गर्ने खतरा हटाउन र हेजबुल्लाहलाई हानि पुर्याउन आवश्यक रहेको इजरायल रक्षा बलका प्रवक्ता ड्यानियल हगारीले भने।
“हामीले पहिले नै इजरायल राज्यको इलाकामा पुगेका धेरै रकेट(प्रक्षेपास्त्र) र मानवरहित यान लाई रोकेका छौं,” हगारीले भने।
इजरायल रक्षा बलले आइतवार “हजारौं” हेजबुल्लाह क्षेप्यास्त्रहरू नष्ट गरेको जनाएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतवार लेबनानमा आफ्नो देशको पूर्वनिर्धारित हमलालाई हेजबुल्लाहको आक्रमणलाई विफल पार्न कडा कदमको रूपमा वर्णन गरेका छन् ।
प्रतिक्रिया