मस्को र कीभद्वारा युक्रेनको स्वतन्त्रताको वार्षिकोत्सवको रूपमा युद्ध बन्दीहरू आदानप्रदान

इनेप्लिज २०८१ भदौ ९ गते १:१४ मा प्रकाशित

मस्को र कीभले युक्रेनको स्वतन्त्रताको वार्षिकोत्सवको रूपमा युद्ध बन्दीहरू आदानप्रदान गरेका छन् । रुसी आक्रमणपछि युक्रेनले तेस्रो स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

रूस र युक्रेनले शनिबार१०० भन्दा बढी युद्धबन्दीहरूको आदानप्रदान गरेका छन् । कीभले मस्कोको पूर्ण मात्रामा आक्रमण गरेपछिको तेस्रो स्वतन्त्रता दिवस मनाएको छ।

रिहा भएका ११५ युक्रेनी सैनिकहरू जसमध्ये धेरैलाई रुसको आक्रमणको पहिलो महिनामा बन्दी बनाइएको थियो। तीमध्ये मारिउपोलको कारखानाबाट रूसी सेनाले कब्जामा लिएका झन्डै ५० जना सैनिकहरू छन्।

रुसी रक्षा मन्त्रालयले कुर्स्क क्षेत्रमा ११५ रुसी सैनिकहरू समातिएको बताएको छ। जहाँ युक्रेनी सेनाले दुई हप्ता अघि रूसमा आफ्नो आश्चर्यजनक आक्रमण सुरु गरेको थियो। मन्त्रालयले ती सैनिकहरू हाल बेलारुसमा रहेको तर उनीहरूलाई उपचार र पुनर्स्थापनाका लागि रुस लगिने बताएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक संजालमा संयुक्त अरब इमिरेट्सले फेरि आदान-प्रदानलाई मध्यस्थता गरेको जनाएका छन् । जुन फेब्रुअरी २०२२ मा रूसले आक्रमण गरेदेखि यो ५५ औं पटक हो।

“हामी प्रत्येकलाई सम्झन्छौं। हामी खोजिरहेका छौं र सबैलाई फिर्ता ल्याउन सक्दो प्रयास गरिरहेका छौं, ”जेलेन्स्कीले एक्समा भने।

गत जनवरीमा रुस र युक्रेनले सबैभन्दा ठूलो एकल रिहाइमा सयौं युद्ध बन्दीहरूलाई साटासाट गरेका थिए।

युक्रेनको आंशिक नियन्त्रित पूर्वी डोनेट्स्क क्षेत्रको कोस्टियान्टिनिभका शहरको केन्द्रमा शनिबार रुसले गरेको गोलाबारीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

दक्षिणी युक्रेनी शहर खेरसनमा रुसी गोलाबारीमा शनिबार दुई जनाको मृत्यु हुनुका साथै एक बच्चासहित चार जना घाइते भएका छन् । युक्रेनको वायुसेनाले देशको दक्षिणमा सातवटा मानवरहित यान (ड्रोन)लाई रोकेर नष्ट गरेको बताएको छ।

रुसले पनि हवाई प्रतिरक्षाले रातभर ७ वटा मानव रहित यान( ड्रोन)हरू खसालेको जनाएको छ ।

प्रतिक्रिया