ह्यारिसका उपराष्ट्रपतिका उम्मेदवार वाल्जको भाषण सुन्दा उनका छोरा धुरु धुरु रोए

इनेप्लिज २०८१ भदौ ७ गते १:१४ मा प्रकाशित

अमेरिकाको शिकागोमा भै रहेको डेमोक्र्याटिक राष्ट्रिय सम्मेलनमा ह्यारिसका उपराष्ट्रपतिका उम्मेदवार तथा मिनेसोटाका गभर्नर टिम वाल्जले बेजोड भाषण गर्दै गर्दा उनक सुपुत्र भावुक भए ।

उनले आफ्नो बुवाले दिएको प्रभावकारी भाषणमा मन थाम्न सकेनन् र उठेर बुवालाई देखाउदै रोए । वाल्जको सम्मेलनमा औपचारिक रुपमा उपराष्ट्रपतिको पदको उम्मेदवार भएको स्वीकार गर्दै स्वीकृति भाषण दिए।

६० बर्षिय वाल्जको श्रीमती र दुई छोराछोरीमा त्यहाँ उपस्थित रहरका थिए । वाल्जका छोराछोरी, गुस र होप, र उनकी पत्नी ग्वेन वाल्ज बुधवार राती मंचमा पनि गए । टिम वाल्जका छोरा गुस आफ्नो बुबाको कुरा सुनेर आँसु रोक्न सकेनन् ।

प्रतिक्रिया