नारी सुरक्षाको नारा लगाउँदै
नारी सशक्तीकरणको हल्ला गर्दै
नारी सुरक्षित भए
म पनि
मौनरहने थिएँ मौमिता
सुरक्षा!
कुन चरीको नाउँ ?
हामीलाई पनि सम्झाए हुन्थ्यो
सुरक्षा पूर्वबाट उदाएर
पश्चिमतर्फ लगत्तै अस्ताउने हाम्रो देशमा
नारी सम्मानका कुरा गर्छौ तिमी??
धिक्कार लाग्छ
तिम्रा ती “बेटी बचाओ बेटी पढ़ाओ”
“भारत की शान हैंं बेटियाँ
देश की मान हैं बेटियाँ।” जस्ता खोक्रा श्लोगानलाई
गोजीमा राखेर हिँड्ने गर
करोडौंँ मानिसले दसैँमा आदिशक्तिलाई पुजेको देख्दा
माता भगवतीको मन्दिरमा दर्शनको लागि मान्छेको घुइँचो देख्दा मनमा एउटै प्रश्न खेलाउँछ
हामी पनि मूर्ति भएका भए!
कति बेस हुन्थ्यो
न कसैले लुछ्ने थियो
न कुनै पाखन्डीले चुस्ने थियो
पुजिने थियौँ हामी
सत्कार हुन्थ्यो
जयजयकार हुन्थ्यो
उफ्!!: मौमिता तिमी पनि मूर्ति भएकी भए
तिम्रो क्षतविक्षत भएको शरीर देखेर कसरी
मौनरहनु मौमिता !!
कसरी!
कसरी!
प्रतिक्रिया