काठमाडौँ । गायक बिन्ती कुमार गुरुङ र गायिका शान्तिश्री परियारको स्वर रहेको घुम्दै घुम्दै आको बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक स्वयमकै शब्द, संगीत तथा लयमा तयार भएको घुम्दै घुम्दै आको बोलको गीत रिलिज गरिएसँगै राम्रो प्रतिक्रिया आइरहेको गायक गुरुङ बताउँछन् । अन्नपूर्ण हिमालको फेदीमा रहेको गुरुङ बस्तीमा जन्मिएर रोधीँमा नाच्दै गाउँदै हुर्किएका गायक गुरुङ हाल अमेरिकामा छन् । अमेरिकामा रहेता पनि उनको तन – मन भने गाउँ घर, बस्ती र गाउँकै रोधीँमा रमाइरहेको हुछ । अमेरिकामा नै रोधीँ घरको अवधारणा तयार पारेर गायक गुरुङले भर्जिनिया राज्यमा नै सार्वजनिक गीतको भिडियो छायांकन गरेका हुन् ।
भिडियो झट्ट हेर्दा लाग्छ यो नेपालमा नै खिचिएको हो । जुन गीतमा चुनु गुरुङ र गायक बिन्ती कुमारका अलावा तमु धीँ भर्जिनियाका धेरै गुरुङ दाजुभाई तथा दिदी बहिनीहरुको अभिनय देख्न सकिन्छ । भिडियो गुरुङ समुदायमा प्रचलित रोधीँ संस्कारको अवधारणामा तयार पारिएकोले पनि कलाकारहरु मौलिक गुरुङ भेषभुषामा सजिएको देख्न सकिन्छ । सार्वजनिक गीतको एरेन्ज , मिक्सिङ तथा मास्टरिङ तेजेन्द्र गुरुङले गरेका हुन् भने भिडियोको छायांकन अनिश खासा (निरेश) र मनिश मर्हजनले गरेका हुन् । गायक गुरुङकै अफिसियल च्यानल जस्मिन क्रियशनबाट रिलिज गरिएको भिडियोको सम्पादन तथा निर्देशन सुगन्ध श्रेष्ठले गरेका हुन् । हेर्नुहोस् भिडियो
प्रतिक्रिया