ट्रम्पको पूर्व प्रेस सचिवले डेमोक्रेटिक राष्ट्रिय सम्मेलनमा भनिन् “उनीसँग कुनै सहानुभूति छैन, नैतिकता छैन । ,”

इनेप्लिज २०८१ भदौ ५ गते ०:०७ मा प्रकाशित

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अन्तर्गत ह्वाइट हाउसको पूर्व प्रेस सचिव स्टेफनी ग्रिशमले डेमोक्रेटिक नेशनल कन्भेन्सन( डेमोक्रेटिक राष्ट्रिय सम्मेलन )लाई पूर्व राष्ट्रपतिसँग कुनै सहानुभूती नभएको बताइन ।

“ट्रम्प परिवार मेरो परिवार बन्यो। मैले इस्टर, थ्यांक्सगिभिङ(धन्यबाददिवस), क्रिसमस र नयाँ वर्षहरू, सबै मारलागोमा बिताएँ। जब क्यामेरा(चित्रग्राहिणी )हरू बन्द हुन्थे, बन्द ढोका पछाडि ट्रम्पले आफ्ना समर्थकहरूलाई खिल्ली उडाउँछन् । ट्रम्पले उनीहरूलाई छिडीका बासिन्दाहरू भन्छन् । “उनीसँग कुनै सहानुभूति छैन, नैतिकता छैन र सत्यप्रति वफादारी छैन,” ग्रिशमले भनिन् ।

ग्रिसमले ट्रम्प प्रशासनमा पूर्वी खण्डको सञ्चार निर्देशक, ह्वाइट हाउसको प्रेस सचिव र मेलानिया ट्रम्पको प्रमुख कर्मचारी (चीफ अफ स्टाफ)को रूपमा पाँच वर्ष भन्दा बढी काम गरिन् । उनले पहिले नै ट्रम्पको दोस्रो कार्यकालबाट “डराएको” भनेकी थिइन् । उनले २०२० मा पूर्व राष्ट्रपतिलाई मतदान नगरे पनि उनले पूर्व प्रथम महिलाको लागि काम गरेकी थिइन् ।

उनले जनवरी ६ मा विद्रोहको क्रममा पूर्व प्रथम महिलासँग गरेको कुराकानी पछि उनले कसरी राजीनामा दिएको सम्बोधनमा बताइन ।

प्रतिक्रिया