इटालीको दक्षिणी टापु सिसिलीको तटमा हिंस्रक घुम्रपात( टोर्नाड)आउदा डुङ्गा डुब्दा सोमबार दुई अमेरिकी नागरिक र एक बेलायती प्रविधि उद्यमीसहित छ जना बेपत्ता भएको विश्वास गरिएको छ।
सिविएस समाचारका अनुसार जसमा २२ जना सवार थिए । १० चालक दलका सदस्य र १२ जना यात्रुहरु रहेका थिए ।
स्थानीय समय अनुसार बिहान करिब ५ बजे (११ बजे पूर्वीय समय, आइतवार) समून्द्री तुफानले ठक्कर दिएपछि जहाज डुबेको बताईएको छ।
सॅचार माध्यमहरुका अनुसार ॲाधीले डुङ्गालाई असन्तुलित बनाउदा डुङ्गा पल्टिएको थियो।
जहाजमा रहेका पन्ध्र जना भाग्न सफल भए र नजिकैको क्षेत्रमा राखिएको नेदरल्याण्ड भएको जहाजले उद्धार गरेको थियो ।
उनीहरुलाई इटालियन तट रक्षक(कोस्ट गार्ड ) र अग्निनियन्त्रकहरुले किनारमा ल्याएका थिए ।
प्रतिक्रिया