खगेन्द्र प्रसाद आचार्य
सम्झना आउदा आँसु चुहाउने अतित,
भुल्न सक्ने भए तिमिले,
मसग बाकी भएका हजारौं खुसी ,
छाप्न दिन्छु तिम्रो जिन्दगीको किताबमा,
बिधाताको कपट बुझी नसक्नु छ।
माया नै मायाको खानी जो सग छ,
रहेनछ जिन्दगी उसग,
कसरी छाप्न सक्छे जिन्दगीको किताब ।
क्षितबाट टुक्रेका बादलका टुक्रालाइ,
गन्तव्य थाहा नभएर भडकिए झै,
समयले साथ नदिए हुने रहेनछ,
संगम याद र अतितको साथी ।
लेखिने रहेनछ किताब याद र अतितको ।
आँसु चुवाउने अतीतले छेकेपछी,
हरेक साझ अस्ताएको घाम झै जिन्दगी ,
समयको साथ चल्न नसके,
अपुरो हुदो रहेछ किताब जिन्दगीको,
सुन्दर फुल बगैचामा फुल्छन,
मन परे सबै टिप्न सकिदैन ,
जति नै सुन्दर भए पनि हिमाल,
काखमा सजाएर राख्न सकिँदैन ।
तिता मिठा कुरा सबै भुलेर,
लेख्न शुरु गर किताब जिन्दगीको,
माया प्रेमले पाना भरी दिन्छु,
जिन्दगीभरी साथी हुनेछु किताबको।
मनभरी दर्दनाक पीडा हुदा हुँदै,
हासी खुसी अरुको पीडा हरण गर्छ,
दुनियाको सामुन्ने मुस्काउदौ हसाउदै,
जिन्दगीको कितबको बयान गर्छ।
यी आखाहरु तलाउ होइनन ,
किन भरिन्छन दिन दिनै ?
यो मन काचले बनेको होइन,
किन टुटछ फुटछ दिन दिनै भन्दै रुन्छ।
झुक्किएर कोहि मेरो नाम गरेको,
अपर्झट तिम्रो सामुन्ने परेछ भने,
मेरो झझल्को नाआओस कहिले,
मागे बर्दान भगवानसग आज मैले।
जिन्दगीको किताब लेख्न लगायौ।
पाना नभरी तिमि एक्लै गयौ।
संगम हुन सकेन याद र अतित को,
झझल्को कसरी आउँछ अब तिम्रो?
खगेन्द्र प्रसाद आचार्य
काठमाडौ
प्रतिक्रिया