युक्रेनी आक्रमणपछि रुसको बेल्गोरोड सीमा क्षेत्रमा संकटकाल घोषणा गरिएको छ । युक्रेनले यो वर्ष अहिलेसम्म रुसले जति जमिन कब्जा गरेको छ एक सातामै त्यती जमिन कब्जा गरेको दाबी गरेको छ ।
बेल्गोरोडको रुसी सीमा क्षेत्रले बुधबार युक्रेनी सेनाले गरेको नयाँ आक्रमणपछि आपतकालिन घोषणा गरेको छ। किभले आफ्नो दुर्लभ सीमापार घुसपैठ पछि सयौं वर्ग माइल रूसी क्षेत्रको नियन्त्रण दाबी गरेको छ।
“बेल्गोरोड क्षेत्रको अवस्था अत्यन्तै कठिन र तनावपूर्ण छ,” बेल्गोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम खातामा प्रकाशन गरिएको श्रब्यदृश्य (भिडियो )सन्देशमा भने।
गत हप्ता छिमेकी कुर्स्क क्षेत्रमा कीभको अचम्मको घुसपैठ पछि बेल्गोरोडले सोमबार खाली गर्न थालेपछि यो घोषणा आएको हो।
यो युक्रेनको लागि रणनीतिमा उल्लेखनीय परिवर्तन थियो । दोस्रो विश्वयुद्ध पछि पहिलो पटक विदेशी सेनाहरू रूसी क्षेत्रमा प्रवेश गरेको छ ।
क्षेत्रीय अधिकारीहरूले अब रूसी सरकारलाई संघीय आपतकाल घोषणा गर्न अपील गरिरहेको ग्लाडकोभले भने।
बेल्गोरोडका दुई स्थानहरू शेबेकिनो शहर र उस्टिन्का गाउँमा युक्रेनी मानवरहित बिमान (ड्रोन)द्वारा आक्रमण गरिएको थियो। तर कुनै मानवीय क्षति भएन तर दुईवटा घरमा क्षति पुगेको उनले बताए ।
रुसको राष्ट्रिय सेनाले बुधबार रुसको दक्षिणपश्चिममा रहेको कुर्स्क आणविक कारखाना वरपरको सुरक्षालाई कडा पारेको बताएको छ ।
प्रतिक्रिया