काठमाडौँ । थाइल्याण्डमा आयोजना भएको ‘जुनियर मोडल एण्ड सुपर ग्लाब इन्टरनेशनल २०२४’मा तीन नेपाली बालकहरुले उपाधि जित्न सफल भएका छन् । प्रतियोगीतामा सहभागी सौगात घिसिङ, आरभ गौतम, कृतज्ञ डंगोलमा घिसिङले फष्ट रनरअप (टिन)को अलवा बेष्ट नेशनल रिप्रिजेन्टेसन नेपाल र प्रिन्स आफ एसियाको उपाधि हासिल गर्न सफल भए ।
त्यस्तै आरभ गौतमले एक्ट्रिम ट्यालेन्ट प्रिन्स र बेष्ट नेशनल रिप्रिजेन्टेसन नेपालको उपाधि प्राप्त गर्दा सोही प्रतियोगीतामा सहभागीस अर्काे प्रतियोगी कृतज्ञ डंगोलले भने सेकेन्ड रनरअफ (प्रिटिन) र बेष्ट इन्टरभ्यु (प्रिटिन) भए ।
बैककमा आयोजना भएको प्रतियोगीतामा सौगातले टिन (१३ देखि १५ बर्ष), आरभले प्रिन्स (८ देखि १०बर्ष) र कृतज्ञले प्रि–टिन (१०देखि १२ बर्ष) समुहमा प्रतिनिधित्व गरेका थिए ।
विश्वका २० बढी राष्ट्रका बालबालिका सहभागीता रहेको कार्यक्रममा सहभागी बालकलले नेपालको भेषभुषा र कलासंस्कृति समेत प्रदर्शन गरेका थिए ।
प्रतियोगीमा सहभागी बालबालिकालाई मोटिभेसनका लागि उनीहरुसँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु सहभागी थिए । सौगात, आरभ र कृतज्ञ रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी आयोजक रहेको ‘लिटिल प्रिन्स एण्ड प्रिन्सेस २०२४’का विजेता हुन् ।
प्रतिक्रिया