अमेरिकन सोसाइटी अफ नेप्लिज ईन्जिनियर्सको १७ बार्षिक सम्मेलन २०२४ नर्थ क्यारोलाइनाको शार्लोट्समा भव्यतापूर्वक सम्पन्न भएको छ ।
गत अगस्त १० शनिबारका आयोजना गरिएको सम्मेलनमा उद्घाटन सत्र ,बिभिन्न बिषयमा कार्यपत्र प्रस्तुतीको साथै अन्त्यमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै समापन गरिएको छ । यस पटक अगस्त ११ आइतबारका इन्जिनियर्स (अभियन्ता)दुई टोली बीच मैत्रीपूर्ण भकुण्डो(सकर)प्रतियोगिताको पनि आयोजना गरियो ।
स्थानिय सम्मेलन आयोजक समितिका सॅयोजक अभियन्ता डा विजय पौडेल( विधा वारिधी) ले स्वागत मन्तव्य राखेका थिए । उनले गत बर्ष मेरिल्याण्डमा सम्पन्न सम्मेलनमा भाग लिए पछि ५ जना नर्थ क्यारोलाईना फर्कदा गर्दा शाखा बनाउनु पर्छ भन्ने प्रतिबद्धता गरे पछि यस यसै बर्ष शाखा बनाउन सकेको बताएका थिए ।
त्यस्तै गरि सम्मेलनका अध्यक्ष तथा सॅस्थाका मॅगल महर्जनले समुदघाटनमा आफ्ना भनाईको साथै छोटकरीमा सम्मेलन बारेमा प्रकाश पारेका थिए । सम्मेलनका प्राविधिक पक्षका सभापति ओम दाहालले प्राविधिक कार्यक्रमबारे प्रकाश परेका थिए भने पूर्व अध्यक्ष डा उपेन्द्र कर्ण( विधा वारिधी) ले सॅस्थाले प्राप्त गरेका उपलव्धीको बारेमा जानकारी दिएका थिए ।
यसै गरि अर्का मूख्य वक्ता डेलावेयर विश्व विधालयका प्राध्यापक डा देव जैसी( विधा वारिधी)ले विश्व मौषम परिवर्तन तथा यस्को प्रभाव बारेमा बिस्तृत प्रस्तुति दिएका थिए । सम्मेलनका लागि अमेरिकाको विभिन्न राज्यहरुबाट करिव १०० भन्दा ज्यादा अभियन्ता( इन्जिनियर्स)हरुको सहभागिता रहेको थियो ।
दिनभरि चलेको उक्तसम्मेलनमा आफूले गरेका काम , व्यवसाय बारे एक आपसमा शेयरिॅग( ज्ञान आदान -प्रदान) गर्नुको साथै विश्वविधालयका प्राध्यापकहरुलै कार्यपत्रहरु प्रस्तुत गरेका थिए । ९ वटा प्राविधिक प्रस्तुतीमा अधिकांशले कृतिम बुद्धिमत्ता (आर्टिफ़िसिएल इन्टेलीजेन्स-एआई)को बारेमा प्रस्तुती गरेका थिए ।
प्रस्तुति गर्नेहरुमा क्रमस डा मुना अर्याल ,जुलिया गस (बिदेशी अतिथि),सुहास मेङ्गले ,सुरेन्द्र बज्राचार्य ,रामेश्वर कुँवर,गोकर्ण शर्मा ,मोती केसी,जितेन गौतम ,राड पण्डित ,रेश्मा ताम्राकार ,शारदा आचार्य , ठाकुर ढकाल , क्षितिज खनाल उज्ज्वल पोख्रेल , कुमार सोनी ,सुधन दाहाल ,हिभा नासिरी ,किशन कुमार ,प्रकाश पोखरेल लगायत रहेका थिए । बाणिज्य ,प्रविधि ,उद्यमशिलता तथा एआई (कृतिम बुद्धिमत्ता)सत्रको कार्यक्रम संचालन राजु जोशीले गरेका थिए ।
साथसाथै यस बर्षको ४ वटा विभिन्न विधामा पुरस्कारहरु समेत वितरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा नेपाली अभियन्ता(इन्जिनियर्स)हरुको प्रतिभा प्रस्तुतीको साथै स्थानीय कलाकारहरुको प्रस्तुति संगै सॅास्कृतिक कार्यक्रमको आयोजना गरियो ।
प्रतिक्रिया