फ्रान्सको पेरिसमा सम्पन्न ओलम्पिकमा संयुक्त राज्य अमेरिकाले जत्तिकै स्वर्ण जिते पछि चीनले ओलम्पिकमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेकोमा उत्सव मनाई रहेको सिएनएनले जनाएको छ ।
ग्रीष्मकालीन खेलहरूमा कूल स्वर्णका लागि पहिलो पटक अमेरिका र चीन दुवै देशले ४० स्वर्ण जितेका छन् । तर अमेरिकाले कूल १२६ पदक जितेको छ भने चीनले ९१ मात्र प्राप्त गरेको छ । र,अमेरिकाले समग्रमा आफूलाई शीर्ष स्थान दावी गरेको छ ।
ओलम्पिक प्रदर्शनलाई राष्ट्रिय शक्तिको प्रतीकको रूपमा हेर्दै चीन हालैका दशकहरूमा विश्वको सबैभन्दा प्रतिस्पर्धी खेलकुद राष्ट्रहरूमध्ये एक भएको छ। सन् २००८ मा यो बेइजिङमा भएका खेलहरूमा चीनले ज्यादा स्वर्ण पदक प्राप्त गरेको थियो ।
ग्रीष्मकालीन ओलम्पिकमा स्वर्ण पदक गणनामा अमेरिका र पूर्व सोभियत संघ पछि चीन तेस्रो देश भएको हो ।
प्रतिक्रिया