ब्राजिलका राष्ट्रपतिद्वारा  विमान दुर्घटनामा परी ६१ जनाकोमृत्यु भएकाहरुको सम्झनामा ३ दिने शोकको घोषणा 

इनेप्लिज २०८१ साउन २५ गते २३:४९ मा प्रकाशित

ब्राजिलका राष्ट्रपतिले  विमान दुर्घटनामा परी ६१ जनाकोमृत्यु भएकाहरुको सम्झनामा ३ दिने शोकको घोषणा गरेका छन्।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले शुक्रबार भएको विमान दुर्घटनामा ६१ जनाको ज्यान गएको प्रतिक्रियास्वरुप तीन दिने शोकको घोषणा गरेका हुन्।

लुलाले आफ्नो सामाजिक सॅजाल एक्स खातामा घोषणा गरेका छन्।

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटास र भिन्हेडो सिटी हलले शुक्रबार दुर्घटनामा परी मृत्यु भएकाहरूलाई सम्मान गर्न तीन दिने शोक अवधिको घोषणा गरेका छन्।

सिएनएनका अनुसार ब्राजिलम विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ।

ब्राजिलको साओ पाउलो राज्यको एक शहरको आवासीय क्षेत्रमा शुक्रबार ६१ जना सवार विमान दुर्घटनाग्रस्त भएको विमान सेवाले शुक्रबार सामाजिक सञ्जालमा  जनाएको छ। 

विमान सेवाले कोही पनि जीवित नरहेको र सबै ५७ यात्रु र ४ जना चालक दलका सदस्यको घटनास्थलमै मृत्यु भएको बताएको छ । 

साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल ग्वारुल्होसका लागि जाँदै गरेको उक्त विमान भिन्हेडो शहरको गेट्ड समूदाय भित्र दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ ।

 विमानले स्थानीय समय अनुसार बिहान ११:४६ मा कास्कभेल विमानस्थलबाट उडान भरेको विमानसेवाले जनाएको छ ।

प्रतिक्रिया