अमेरिकाको न्यूयोर्क राज्यको एक काउन्टीमा अपवाद बाहेक सार्वजनिक रूपमा मुखौटो (मास्क )लगाउन अब अवैध हुने भएको छ । त्यति मात्र नभई १००० डलर सम्म जरिवाना तथा १ बर्ष कैद सजाय सम्म हुनेछ । न्यूयोर्कको नासा काउन्टीमा उक्त घोषणा गरिएको हो ।
तर न्यूयोर्क सिभिल लिबर्टीज युनियन(नागरिक स्वतन्त्र संघ)ले नासा काउन्टीको बिधेयकको निन्दा गरेको छ।
उपनगरीय न्यू योर्क काउन्टीका बिधायकहरूले सार्वजनिक स्थानहरूमा मुखावरन (मास्क )प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेका छन् । आफ्नो पहिचान लुकाउनु एक वर्ष जेल सजाय र १,००० डलर जरिवानाको सजाय हुने समेत जनाएको छ । यो इजरायल-हमास युद्धको क्रममा प्रायः मुखवारण लगाएका व्यक्तिहरूको प्रतिक्रियामा यो बिधेयक पेश गरिएको थियो । अर्थात् यस शैलीमा आक्रमण गरिएको थियो ।
अपवादहरू समेत रहेको बताईएको छ । धार्मिक वा स्वास्थ्य कारणहरूबाट अनुहार छोप्ने व्यक्तिहरूलाई छुट दिइने जनाईएको छ ।
यस हप्ता अनुमोदित मुखावरण पारदर्शिता ऐनले १२ जना रिपब्लिकनहरुले कानूनलाई समर्थन गर्ने र सात डेमोक्र्याटहरूले यसको विरोध गर्ने स्थानीय नेताहरू बीच विभाजित निर्णय देखा परेको एबिसीन्यूजले जनाएको छ ।
प्रतिक्रिया