दक्षिणी जापानको तटीय क्षेत्रमा ७.१ रेक्टर स्केल(परिमाण)को प्रारम्भिक शक्तिशाली भूकम्पले यस क्षेत्रमा सुनामी आउन सक्ने चेतावनी दिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु जापानको क्युसु टापुको मियाजाकी सहरको तटीय क्षेत्रबाट करिब एक दर्जन माइल टाढा रहेको छ ।
लगभग ४००,००० जनसंख्या भएको मियाजाकी भूकम्प पछि सम्भावित सुनामीको लागि अहिले शतर्कतामा रहेको छ।
भूकम्पको केन्द्रबिन्दु जापानको दक्षिणी मुख्य टापु क्युशुको पूर्वी तटमा रहेको ह्युगानाडा सागरमा रहेको थियो । यसको गहिराई ३० किलोमिटर (१८.६ माइल) मापन गरिएको थियो। जापान मौसम विज्ञान सँस्था(एजेन्सी)ले सुनामी आउन सक्ने सल्लाह जारी गरेको छ ।
एबिसीसमाचारका अनुसार क्युशुको दक्षिणी तट र नजिकैको शिकोकु टापुमा १ मिटर (३.३ फीट) सम्मको छालहरूको भविष्यवाणी गरेको छ ।
मानिसहरूलाई तट वा नदीबाट टाढा रहन आग्रह गरिएको छ ।
यद्यपी राजधानी टोकियोमा अहिले कुनै ठूलो क्षति नभएको र भूकम्पको धक्का महसुस भएको छैन ।
प्रतिक्रिया